neapl investment mega bank
  • गृहपृष्ठ
  • महालक्ष्मी विकास बैंक र नेपाल राष्ट्र बैंकबिच समझदारी पत्रमा हस्ताक्षर

महालक्ष्मी विकास बैंक र नेपाल राष्ट्र बैंकबिच समझदारी पत्रमा हस्ताक्षर

Jan 27th, 2020

काठमाडौ, माघ १३

महालक्ष्मी विकास बैंकले आफ्ना ग्राहकहरुका लागि गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकसँग आज सोमबार आर. टि. जि. एस प्रणालीसँग सम्बन्धित समझदारी पत्रमा हस्ताक्षर गरेको छ । उक्त सम्झौता पश्चात ग्राहकहरुले रियल टाईम ग्रस सेटलमेन्ट (आरटिजिएस) बाट कारोबार गर्दा वास्तविक समयमा नै कारोबारहरु फस्र्यौट हुने हुदा बैंकको भुक्तानी प्रणालीमा थप सहजता आउने बैंकले जनाएको छ । उक्त सम्झौतापत्रमा नेपाल राष्ट्र बैंकका तर्फबाट भुक्तानी प्रणली विभागका कार्यकारी निर्देशक रेवती प्रसाद नेपाल र महालक्ष्मी विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले हस्ताक्षर गरेकाछन ।

देशका १०२ वटा शाखाहरुबाट बंैकिङ्ग सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले आधुनिक प्रविधिमा आधारित भई अनलाईन बैंकिङ्ग, एटिएम, क्युआर पेमेन्ट, मोबाईल बैकिङ्ग लगायतका सेवाहरु उपलब्ध गराउदै आईरहेको छ ।