neapl investment mega bank
  • गृहपृष्ठ
  • भकुण्डे खानेपानीबाट साढे तीन हजार व्यक्ति लाभान्वित

भकुण्डे खानेपानीबाट साढे तीन हजार व्यक्ति लाभान्वित

Jan 27th, 2020

लमजुङ, १३ माघ (रासस)

लमजुङ बँेसीशहर नगरपालिका–२ स्थित भकुण्डे खानेपानी आयोजनाको पानीले भकुण्डेका तीन सयभन्दा बढी घरधुरीका तीन हजार नागरिक लाभान्वित भएका छन् ।

भकुण्डे खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले उक्त आयोजना निर्माण सम्पन्न गरी आजदेखि पानी वितरण गर्न थालेपछि उनीहरु लाभान्वित भएका हुन् ।

करीब रु दुई करोड ५९ लाखको लागतमा ५० हजार लिटर, एक लाख लिटर र दुई लाख गरी कूल साढे तीन लाख लिटरको ट्याङ्की निर्माण गरेर खानेपानी वितरण गरिएको समितिका अध्यक्ष गोविन्द खड्काले बताउनुभयो । आर्थिक वर्ष २०७४/७५ को बजेटबाट बँेसीशहर नगरपालिकाले रु १० लाख, मानवीय सेवा तथा अन्तर सांस्कृतिक आदानप्रदान केन्द्र (च्वाइस) नेपाल नामक संस्थाले रु एक करोड २९ लाख ५० हजार र स्थानीय उपभोक्ताले नगद रु ३० लाख आर्थिक सहयोग र स्थानीय श्रमदानबाट सो आयोजना निर्माण भएको समितिका अध्यक्ष खड्काले जानकारी दिनुभयो ।

वडाध्यक्ष गणेश कँडेलले भन्नुभयो, “विगतमा स्थानीयवासीले सार्वजनिक धाराको पानी खानुपर्ने बाध्यता थियो ।” एउटा धारो त्यसमाथि गाउँलेहरुले पालैपालो लाइनमा बसेर पानी भर्नुपर्दा धेरै समय लाग्ने गर्दा विभिन्न समस्या हुने गरेको उहाँको भनाइ छ ।

सो आयोजनाबाट घरघरमा धाराबाट पानी झर्न थालेपछि स्थानीयवासी हर्षित भएका छन् । सरकारले अघि बढाएको ‘एक घर एक धारा’ अभियानलाई आयोजनाले सहयोग पु¥याएको समितिले जनाएको छ । समितिका अनुसार खानेपानी ट्याङ्कीबाट सात सय मिटर टाढा रहेको नगरको वडा नं २ र ३ को बीचमा पर्ने झुम्रीखेत नजिकैको विभिन्न पाँचवटा पानीको मुहानबाट खानेपानी ल्याइएको छ ।

आयोजनाबाट भकुण्डे, बगालेगाउँ, खत्रीगाउँ, कटहरे, धुपिचौर, थुम्का, ज्यामिरे, आरुवोटे, डाँडाथोकका तीन हजार स्थानीय प्रत्यक्ष लाभान्वित भएको समितिले जनाएको छ । त्यस्तै वडाभित्र रहेको दुईवटा विद्यालयका करीब एक हजार ६ जना विद्यार्थीसमेत लाभान्वित भएका छन् ।