neapl investment mega bank
  • गृहपृष्ठ
  • महिला उत्तरदायी पत्रकार आचारसंहिता, २०७३ को प्रस्तावनामा संवाद

महिला उत्तरदायी पत्रकार आचारसंहिता, २०७३ को प्रस्तावनामा संवाद

Jan 27th, 2020

काठमाडौ, माघ १३

नेपाल पत्रकार महासंघ, केन्द्रीय महिला समितिको आयोजनामा महिला उत्तरदायी पत्रकार आचारसंहिता, २०७३ को प्रस्तावनामा संवाद कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सहभागिहरुले महिला उत्तरदायी पत्रकार आचारसंहिता बन्नु राम्रो भएको बताउदै त्यसको कार्यान्वयन महत्वपूर्ण रहेको धारणा राखेका छन् ।

नेपाल पत्रकार महासंघका उपाध्यक्ष विपुल पोख्रेलले कहाँ कहाँ कुन कुन बर्गका पत्रकारलाई असुविधा छ त्यहाँ ध्यान दिनुपर्ने भन्दै सबै पत्रकारलाई सहज हुने वातावरण निर्माण गर्नुपर्ने धारणा राख्नुभयो । महासंघका कोषाध्यक्ष राजेश मिश्रले महिला पत्रकारको पेशागत हक अधिकारका लागि महिला पत्रकारहरु सचेत हुनुपर्ने बताउनुभयो ।

महासंघका निवर्तमान सचिव तथा प्रेस काउन्सिल नेपालका सदस्य संगिता खड्काले पत्रकारका लागि लैङ्गिक मैत्रि सञ्चार निर्देशिका विगतमै बनिसकेको भन्दै कार्यान्वयनमा जोड दिनुपर्ने धारणा राख्नुभयो । प्रेस काउन्सिल नेपालका सदस्य सुभेच्छा बिन्दुले अधिकार प्राप्तिका लागि पत्रकार स्वयम सचेत हुनुपर्ने धारणा राख्नुभयो ।

प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झपिन्द्र भुषालले पत्रकार आचारसंहिताले समेट्न नसकेको विषयलाई थप स्पष्ट पार्न महिला उत्तरदायी पत्रकार आचारसंहिता निर्माण गर्न लागेको बताउनुभयो । त्सस्तै प्रेस काउन्सिल नेपाललका सूचना अधिकारी दिपक खनालले महिला पत्रकारको हितका लागि उक्त आचारसंहिता ल्याउन लागेको बताउनुभयो ।

सञ्चारिका समूहकी पूर्वअध्यक्ष निर्मला शर्माले हरेक बर्गका निम्ति छुट्टाछुट्टै आचारसंहिता बनाउनु भन्दा पनि सबै वर्गलाई एउटै आचारसंहितामा समेट्न सके कार्यान्वयनमा समस्या नहुने धारणा राख्नु भयो ।

महासंघका सचिव लक्ष्मी पुनको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकारहरु रमा भुजेल, राधा चालिसे, निमा काफ्ले लगायतका पत्रकारहरुले महिला उत्तरदायी पत्रकार आचारसंहिता, २०७३ को सम्बन्धमा आ–आफ्ना धारणा राख्नुभएको थियो ।