neapl investment mega bank

बसको ठक्करबाट मृत्यु

Jan 27th, 2020

सर्लाही, माघ १३

हरिपुर नगरपालिका १ जानकीनगरस्थित सडकमा ना.१ क ७०४८ नम्बरको बसले आइतबार दिउँसो ठक्कर दिँदा सोही ठाउँ बस्ने सुरेन्द्र साहको २ वर्षीया छोरी दिपाञ्जली कुमारी साहको घटनास्थलमै मृत्यु भएको छ ।
बस र चालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।