neapl investment mega bank

भरुवा बन्दुक सहित पक्राउ तथा बरामद

Jan 27th, 2020

काठमाडौं, माघ १३

सिन्धुपाल्चोक, जुगल गाउँपालिका ४ बाट भरुवा बन्दुक १ थान र करिब ५० ग्राम बारुद सहित सोही गाउँपालिका-२ निम्लुङ बस्ने ५० वर्षीय मेन दोर्जे स्याङ्वोलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त बन्दुक र बारुद बोकी हिँडिरहेको अवस्थामा प्रहरी चौकी तेम्बाथानबाट खटिएको प्रहरीले उनलाई फेला पारी पक्राउ गरेको हो ।

रुपन्देहीको बुटवल उपमहानगरपालिका १२ तामनगरस्थित चारपाला सामुदायिक वनमा लुकाई छिपाई राखेको भरुवा बन्दुक १ थान आइतबार दिउँसो प्रहरीले बरामद गरेको छ । उक्त स्थानमा बन्दुक लुकाई छिपाई राखेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी नयाँ गाउँबाट खटिएको प्रहरीले सो बन्दुक बरामद गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।