neapl investment mega bank
  • गृहपृष्ठ
  • उधोगमन्त्री यादवद्धारा जुत्ताचपल व्यापार मेला अवलोकन

उधोगमन्त्री यादवद्धारा जुत्ताचपल व्यापार मेला अवलोकन

Jan 27th, 2020

वीरगंज,माघ १३

प्रदेश सरकारका उधोग,पर्यटन,बन तथा बाताबरण मन्त्री रामनरेश यादवले वीरगंजमा लागेको प्रदेश स्तरीय जुत्ता चपल व्यापार मेलाको अवलोकन गर्नुभएको छ । माघ ९ देखि फागुन ९ गते सम्म चल्ने मेलाको आइतवार अवलोकन गर्दै मन्त्री यादवले स्वदेशी उधोगीहरुले संचालन गरेको जुताचपल मेला धेरै सराहनिय भएको बताउनु भयो ।

उहाले स्वदेशि उत्पादनलाइ पर्वद्धन गर्ने उदेश्यका साथ वीरगन्जमा संचालगन गरिएको मेला यसै बर्ष जनपुरमा लगाउनु आयोजकलाई अनुरोध गर्नु भयो ।मन्त्री यादवले स्वदेशी उत्पादनलाई पर्वद्धन गर्नको लागी प्रदेश सरकार कटिबद्ध रहेको बताउदै जनपुरमा यस्तो मेलाको आयोजनाको लागी आफुहरुबाट हुनसक्ने सबै सहयोग प्रदान गर्ने आश्वासन व्यक्त गनुभयो ।वीरगन्जमा चलेको मेला अवलोकन पछि उत्साहित भएका उधोगमन्त्री यादवले आत्मनिर्भर उधोगको रुपमा नेपालमा स्थापित हुदै गएको जुता चपल उधोगका उत्पादनहरुको मेला प्रदेश नम्बर २को हरेक जिल्लाका सदरमुकाममा लगाउनु पर्नेध धारणा समेत व्यक्त गरेको नेपाली जुताघरका अध्यक्ष होमनाथ उपाध्ययले बताउनु भयो ।मेलामा आवलोकन गराउदै अध्यक्ष उपाध्याले नेपालको जुता चपल उत्पादनको अवस्था ,नाकावन्दी पछि उधोगले भोगेको अपठ्यारो र वीरगन्जमा संचालन भएको एक महिने व्यापार मेलाको बारेमा जानकारी गराउनु भएको थियो । नेपाल भारतका करिब २ लाख ग्राहक तथा उपभोक्ताहरुलाई मेलाको भ्रमण अवलोकन गराउने लक्ष्य लिइएको छ ।

मेलामा एक लाख जोडी जुत्ताचपल बिक्री गर्ने लक्ष्य राखिएको मेला आयोजक समितिले जनाएको छ ।वीरगंज घण्टाघरस्थित मधेसी सहिद पार्कमा लाग्ने मेलामा ७ वटा विभिन्न कम्पनिको १ हजार भन्दा बढि ब्रान्डका समान बिक्री भइरहेका छन् । मेलामा स्वदेशी ७ वटा कम्पनिको विभिन्न ब्रान्ड जुत्ताचपल सस्तो शुलभ दाममा बिक्री गर्ने लक्ष्य रहेको मेलाका आयोजक नेपाली जुत्ताघर प्रालिका अध्यक्ष होमनाथ उपापध्यायले मन्त्री यादवलाइ जानकारी गराउनु भएको थियो । मेलामा १५देखि ५० प्रतिशत सम्म छुटको व्यवस्था रहेको मेला आयोजक समितिले मन्त्री यादवलाई जनाकारी गराउनु भएको थियो । मेलामा शिखर, रन, बिएफ डियर हिल,सुज ल्यान्ड, कोसेली, क्रस रोल, हिल गरी कुल ७ स्वदेशी कम्पनीको उत्पादन बिक्री भइरहेको छ ।