neapl investment mega bank
  • गृहपृष्ठ
  • बढ्दैछ आयात, दोहोरिएला पुरानै घाटाको प्रवृति ?

बढ्दैछ आयात, दोहोरिएला पुरानै घाटाको प्रवृति ?

Jan 27th, 2020

आधारभूमी संवाददाता
काठमाडौं, माघ १३

यो आर्थिक वर्षको पहिलो महिनामा ठूलो मात्रामा घटेको देखिएको आयात पछिल्लो समय बढ्दै गएको छ । आयात घटेकै कारण गत वर्षको साउनमा यो वर्षको सोहि अवधिमा १३ प्रतिशतले कम भएको देखिएको थियो ।

आयात साउनको तुलनामा गिरावट ३ प्रतिशतभन्दा बढीले खुम्चिएको छ । पछिल्ला महिनामा यो दर खुम्चिादै कात्तिकमा ६ दशमलव ९ र मंसिरमा ४ दशमलव २ प्रतिशतमा झरेको छ । यसले विस्तारै आयात बढ्दै गई व्यापार घाटाको पुरानै प्रवृत्ति दोहोरिने र शोधानान्तर स्थिति पनि ऋणात्मक हुने लक्षण देखाएको छ ।

अघिल्लो वर्षको साउनामा २५ अर्बले घाटामा रहेको शोधानान्तर स्थिति यो वर्ष ९ अर्ब ३७ करोडले बचतमा देखियो । सरकारले समयमै विकास खर्च गर्न नसक्दा विदेशबाट निर्माण सामग्री नआएका कारण स्वदेशको मुद्रा बाहिरिन पाएको थिएन । यही कारण शोधानान्तर स्थिति बचतमा देखिएको थियो । यस्तै निर्यात वृद्धि, पर्यटक आगमन, प्रत्यक्ष वैदेशिक लगानी र रेमिट्यान्स पनि शोधनान्तर बचतका आधार हुन्, जसमा उत्साहजनक वृद्धि छैन ।

शोधनान्तर बचत घट्दै जाादा यसले विदेशी मुद्रा सञ्चिति पनि घट्छ । विदेशी विनिमय सञ्चिति कात्तिकमा ११ खर्ब ३ अर्ब रहेकोमा मंसिर मसान्तसम्म १० खर्ब ८८ अर्बमा झरेको छ । विदेशी विनिमय सञ्चिति कम भएका मुलुकमा विदेशी लगानीकर्ता लगानी गर्न हिच्किचाउाछन् र त्यसले लगानी नै प्रभावित हुन सक्छ ।

आयात बढदै गयो भने ब्यापार घाटामा पुरानै प्रवृति दोहोरिने खतरा छ । जसका लािग सरकारले अब निर्यातमा जोड दिनु पर्छ । जसका लागि उत्पादन बढाउनु जरुरी छ ।