neapl investment mega bank
  • गृहपृष्ठ
  • त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट अवैधरुपमा लुकाइछिपाई लैजान लागेको अमेरिकी डलर सहित पक्राउ

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट अवैधरुपमा लुकाइछिपाई लैजान लागेको अमेरिकी डलर सहित पक्राउ

Jan 26th, 2020

काठमाडौं, माघ १२

अवैधरुपमा लुकाइछिपाई लैजान लागेको अमेरिकी डलर आठ हजार चार सय १७ सहित ललितपुर महानगरपालिका ११ घर भई अमेरिका बस्ने ३३ वर्षीय विकाश जोशीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ईतिहाद एयरवेजको फ्लाइटद्वारा काठमाडौंबा आवुुधावी हुँदै अमेरिका जान लागेका उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अन्तर्रा्ष्ट्रिय उडानतर्फको प्रस्थान व्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा उक्त अमेरिकी डलर सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

जोशीलाई आवश्यक अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाइएको अन्तर्रा्ष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ ।