neapl investment mega bank
  • गृहपृष्ठ
  • एम्बुलेन्समा लुकाई छिपाई ल्याएको करिब ३० किलो गाँजा बरामद

एम्बुलेन्समा लुकाई छिपाई ल्याएको करिब ३० किलो गाँजा बरामद

Jan 26th, 2020

मकवानपुर, १२ माघ

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९ बाट एम्बुलेन्समा लुकाई छिपाई ल्याएको करिब ३० किलो ६ सय ग्राम अवैध लागूऔषध गाँजा र नगद १ लाख रुपैयाँ सहित ३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा एम्बुलेन्सका चालक रौतहट डुमरीया नगरपालिका-९ बस्ने ३९ वर्षीय महमत खलिद, एम्बुलेन्समा सवार सोही ठाउँ बस्ने १९ वर्षीय अशोक कुमार र भारत बिहारका २२ वर्षीय विनोद सहनी रहेका छन् । ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले मनहरीबाट हेटौंडातर्फ आइरहेको बा.२ झ १७४९ नम्बरको एम्बुलेन्स जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

यसैगरी मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१० बाट अवैध लागूऔषध गाँजा करिब १० किलो ५ सय ६० ग्राम सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा राक्सिराङ गाउँपालिका-२ बस्ने ४२ वर्षीय कान्छाराम मोक्तान र ३५ वर्षीय ज्ञान बहादुर प्रजा रहेका छन् । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले ना.७ ख ६९० नम्बरको बस जाँच गर्दा बसमा सवार उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।