neapl investment mega bank
  • गृहपृष्ठ
  • ट्राफिक परिचालनमा नयाँ मोडालिटी :‘परीक्षा दिँदै ट्राफिक प्रहरी’

ट्राफिक परिचालनमा नयाँ मोडालिटी :‘परीक्षा दिँदै ट्राफिक प्रहरी’

Jan 25th, 2020

काठमाडौ, माघ ११

महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक प्रहरीको काम कारबाहीलाई मुल्याङ्कन गर्ने नयाँ परिपाटीको थालनी गरेको छ । ट्राफिक प्रहरीले गर्ने दैनिक काम कारबाही तथा गतिबिधीलाई बिभिन्न चार खण्डमा बिभाजन गरि ४०० पुर्णाङ्कका ५० प्रश्न तयार गरि मुल्याङ्कनको आधार बनाएकोछ । जसमध्ये कार्यालय ब्यवस्थापन, प्रहरी आचरण ब्यवहार एवं अनुशासन बापत २५ अंक, ट्राफिक ब्यवस्थापन एवं दुर्घटना न्युनिकरण बापत २०० अंक, सवारी चोरी एवं सवारी दुर्घटना सम्बन्धी अनुसन्धानमा ६० अंक र सिर्जनशिल एवं उपलव्धिमुलक कार्य सम्पादन गरे बापत ११५ अंकमा बिभाजन गरेको छ ।

ट्राफिक प्रहरीका आफ्ना हरेक काम कारबाहीको बस्तुनिष्ठ आधारमा बास्तबिक मुल्याङ्क गरी व्यबसायिकता, स्तरियता एव कार्य सम्पादनमा प्रभाबकारीता ल्याउने उद्धेश्यका साथ महाशाखाले सम्पुर्ण इकाइसँग अन्तर इकाइ कार्य सम्पादन परीक्षाको करार सम्झौता गरि ३र३ महिनामा उत्कृष्ट कार्य सम्पादन गर्ने कार्यालय प्रमुख र अन्य प्रहरी कर्मचारीहरुलाई समेत पुरस्कृत गर्ने व्यबस्थाको शुरुवात गरेकोछ ।

ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक भीम प्रसाद ढकालले “कार्य सम्पादन करार सम्झौताले ट्राफिक प्रहरीलाई कामको प्रतिष्पर्धात्मक भावना बोकेर आफ्नो व्यबसायिक उत्तरदायित्व बहन गर्न सक्ने क्षमताको विकास गर्दै कार्य सम्पादनको स्तरलाई अझै प्रभावकारी, पारदर्शी एव जवाफदेही बनाउन महत्वपुर्ण भूमिका खेल्ने बताउनुभयो ।“

उहाँले “ट्राफिक प्रहरी कर्मचारीले गरेका हरेक गतिबिधी र प्रत्येक काम कारबाही बापत त्यसको मूल्य तोकी नम्बर दिने परिपाटीको थालनी गरि पुरस्कृत गर्नाले कामको बास्तबिक लेखाजोखा हुँदा प्रतिस्पर्धाको भावनामा बृद्धि भई काम गर्ने थप हौसला प्रदान हुने र समग्र ट्राफिक व्यबस्थापनमा सुधार हुने बिश्वास ब्यक्त गर्नुभयो ।“

अन्तर इकाइ कार्य सम्पादन परीक्षा २०७६ मा कार्यालयको उचित व्यबस्थापन गर्दै नागरिकमैत्री व्यबहार, भ्रष्टाचारमा शुन्यसहनशिलता, बिगतको भन्दा दुर्घटनामा न्युनिकरण गरेमा, मा.प.से. गरी सवारी चलाउनेलाई कारबाही गरेमा, लेन अनुशासन उल्लंघनकर्तालाई कारबाहि एवं कार्यान्वयन गरेमा, ट्राफिक व्यबस्थापनमा सहज हुनेगरी गरिएको प्रत्येक सुधार कार्य, बिभिन्न खालका ट्राफिक नियम उल्लंघनकर्तालाइ कारबाही, दुर्घटना गरी फरार भएका सवारी साधन तथा चालक पक्राउ गरेमा, चोरीका सवारी साधन पक्राउ र अनुसन्धान गरेमा, दुर्घटनामा चालक, सह चालक, यात्रुको सुरक्षा तथा उद्दार गरेमा, नागरिकलाई ट्राफिक सचेतना कक्षा, बढि भाडा लिने, मिटरमा नजानेलाई नियन्त्रण र कारबाही गरेमा, ठुलो आवाज निकाल्ने, मोडिफाई गरी तिब्रगति र लापरबाही साथ चलाउने मोसा चालकलाई कारबाही गरेमा, ओभरलोड नियन्त्रण गरेमा, अबस्था ठिक नभएका र तिब्रगतिमा सवारी चलाउने ट्रिपरलाई नियन्त्रण एवं कारबाही गरेमा, भाडाका सवारी साधनमा यात्रुमैत्री हुनेगरी गरेको सुधार, आरक्षण सिटको व्यबस्थापन, सवारी जाम कम गर्न गरिएको प्रयास, निषेधित स्थानमा पार्किङ्ग गर्नेलाई कारबाही गर्दै पार्किङ्ग व्यबस्थापन लगायतका प्रत्येक कार्यमा नम्बर दिने व्यबस्था मिलाइएको छ ।

यस्तै गरी ट्राफिक नियम र सडक सुरक्षा सम्बन्धी सचेतनाका कक्षाहरु संचालन गरेमा, अन्य निकायहरुसँग समन्वय गरी ट्राफिक लाईट, सिसिटिभी, ट्राफिक संकेत थप गरेमा, सडक फुटपाथ अतिक्रमण हटाउने, पिक एण्ड ड्रपलाई व्यबस्थित गरेमा, लेन मार्किङंग गराउने, पैदल यात्रीको सुरक्षा लगायतका सडक सुधारका कार्यहरु गरेमा प्रत्येक सुधारमा पनि नम्बरिङ्गको व्यबस्था गरिएको छ । यसरी ट्राफिक प्रहरीले गरेका हरेक कामको मूल्य तोके पछि सबै इकाइ प्रमुख र अन्य कर्मचारी स्वतस् स्फुर्त रुपमा काम गर्न उत्साहित भैरहने बिश्वास गरिएको छ र नागरिकले सवारी दुर्घटना न्युनिकरण र ट्राफिक व्यबस्थापनमा थप सुधारको अनुभूति समेत गर्ने छन ।

४०० पुर्णाङ्कको यस प्रतियोगितामा ८० प्रतिसत भन्दा माथि ल्याउने बिशिष्ट श्रेणी, ६५ देखि ७९ दसमलव ९५ प्रतिसत ल्याउनेलाई प्रथम श्रेणी, ५५ देखि ६४ दसमलव ९५ प्रतिसत ल्याउनेलाई द्वितीय श्रेणी, ४५ देखि ५४ दसमलव ९५ प्रतिसत ल्याउनेलाई तृतीय श्रेणी तोकिएको छ । बिशिष्ट श्रेणीलाई बढुवामा सहयोग हुने गरी पुरस्कृत गरिने, प्रथम श्रेणी ल्याउनेलाई प्रशंसा पत्र दिइने, दोस्रो हुनेलाई सान्त्वना र तृतीय हुनेलाई थप सुधारको लागी सचेत गराइने तर भ्रष्टाचार गरेमा, आर्थिक अनियमितता वा त्यस्तै प्रकारको गल्ती गरेमा बिभागीय कारबाहीका अतिरिक्त प्राप्त भएको अंकमा २० अंकसम्म घटाइने व्यबस्था पनि गरिएको महाशाखाका प्रबक्ता प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठले बताउनु भयो ।“