neapl investment mega bank
  • गृहपृष्ठ
  • छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी २ जनाको मृत्यु

छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी २ जनाको मृत्यु

Jan 25th, 2020

काठमाडौं, ११ माघ

दैलेख, भगवतीमाई गाउँपालिका ४ मन्घरस्थित सडकमा भे.१ त ९७७० नम्बरको ट्याक्टर शुक्रवार बिहान बाटोबाट करिब २ सय मिटर तल खसेर दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही गाउँपालिका ५ कट्टी बस्ने २० वर्षीय भिम बहादुर विकको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका चालक सोही ठाउँ बस्ने २९ वर्षीय दिपक विक र ट्याक्टरमा सवार २० वर्षीय ललित बिकको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

चितवन, भरतपुर महानगरपालिका २८ जोगीटोलमा लु.१ स ७७३० नम्बरको अटोले शुक्रवार दिउँसो ठक्कर दिँदा सोही ठाउँ बस्ने पैदलयात्री मदन कुमालको ५ वर्षीय छोरा मनिष कुमालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । अटो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।