neapl investment mega bank
  • गृहपृष्ठ
  • निर्यातजन्य वस्तुको उत्पादन गर्नेलाई विशेष छुट दिइने–अर्थमन्त्री

निर्यातजन्य वस्तुको उत्पादन गर्नेलाई विशेष छुट दिइने–अर्थमन्त्री

Jan 25th, 2020

काठमाडौँ, ११ माघ (रासस)

अर्थमन्त्री डा युवराज खतिवडाले निर्यातजन्य वस्तुको उत्पादन गर्ने कम्पनी तथा व्यवसायीलाई सरकारले विशेष छुटहरु उपलब्ध गराउने बताउनुभएको छ । नेपाल समुन्द्रपार निकासी–पैठारी सङ्घको ४०औँ वार्षिक साधारणसभामा मन्त्री खतिवडाले मुलुकमा व्यापार घाटा न्यूनीकरणका लागि सेवा तथा वस्तु निर्यात गर्ने संस्थालाई विदेशी मुद्रामा सहुलियत पुर्नकर्जाको व्यवस्था र सुविधा दिने बताउनुभयो । भन्सार करका विषयलाई सरलीकरण गर्न छिट्टै बोर्ड गठन गरिने बताउँदै उहाँले मन्त्रिपरिषद्बाट बोर्ड गठनको विषय पारित भएको बताउनुभयो । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मोदीलाल दुगडले व्यवसायीको सहजताका लागि उद्योग दर्ता गर्ने सन्दर्भमा अनलाइनबाट दर्ता गर्न सकिने व्यवस्था मिलाउन लागेको जानकारी दिनुभयो ।

उहाँले उद्योगसँग सम्बन्धित सबै काम अनलाइनबाटै सेवा प्रवाह गरिने बताउनुभयो । आयोजक संस्थाका अध्यक्ष हिमबहादुर रावलले मुलुकको समृद्धिका लागि निजी क्षेत्रको उल्लेखनीय भूमिका रहेकाले व्यवसायमैत्री वातावरण निर्माण गर्न सरकारले सहयोग गर्नुपर्नेमा जोड दिँदै त्यसले उत्पादन वृद्धि भई आयात प्रतिस्थापन र निर्यात अभिवृद्धि र रोजगारीका अवसरमा सिर्जना हुने विश्वास व्यक्त गर्नुभयो ।