neapl investment mega bank
  • गृहपृष्ठ
  • सडक विभागद्वारा राजमार्गका संरचना हटाइँदै

सडक विभागद्वारा राजमार्गका संरचना हटाइँदै

Jan 24th, 2020

काठमाडौँ, १० माघ (रासस)

सडक विभागले विभिन्न जिल्लामा राजमार्ग क्षेत्रमा सडक अतिक्रमण भइरहेको भन्दै त्यसलाई अतिक्रमित संरचना तत्काल हटाउने निर्णय गरेको छ ।

धादिङ, चितवनलगायत जिल्लामा सडक अतिक्रमण बढी रहेको पाइएको विभागले जनाएको छ । सडक क्षेत्रमा घर, टहरा बनाउने, नाली पुरेर व्यवसाय सञ्चालन गर्ने, सडक संरचना भत्काउने, ढल तथा पानी सडकमा बगाउने काम भइरहेको बताइएको छ । सडक अतिक्रमणका कारण यातायात सञ्चालन तथा सडक प्रयोगकर्तालाई बाधा पुगेको विभागले जनाएको छ ।

विभागले आगामी २७ गतेसम्म अवरोध हटाउनुपर्ने र नहटाएमा सार्वजनिक सडक ऐन, २०३१ अनुसार भत्काउने जनाएको छ । सम्बन्धित जिल्लाको डिभिजन सडक कार्यालयले आफैँ संरचना भत्काउँदा लाग्ने खर्च सम्बन्धित सडक प्रयोगकर्ताबाटै असुल गर्नेसमेत बताइएको छ । राष्ट्रिय राजमार्गहरुको अधिकार क्षेत्र मूल सडकको केन्द्रबाट ३१/३१ मिटर हुने ऐनमा उल्लेख छ ।