neapl investment mega bank
  • गृहपृष्ठ
  • प्रदेशसभा सदस्य गुरुङ (दीपक मनाङे)लाई अनुसन्धान गर्न म्याद थप

प्रदेशसभा सदस्य गुरुङ (दीपक मनाङे)लाई अनुसन्धान गर्न म्याद थप

Jan 24th, 2020

कास्की, १० माघ (रासस)

कुटपिटको अभियोगमा कास्की प्रहरीद्वारा बिहीबार पक्राउ परेका गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे)लाई अनुसन्धानको लागि दुई दिन म्याद थप गरिएको छ । सदस्य गुरुङलाई दुई दिन हिरासतमा राखेर अनुसन्धानको लागि जिल्ला प्रशासन कार्यालयले अनुमति दिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिनुभयो ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कास्की अध्यक्ष मिलन गुरुङलाई सार्वजनिक स्थलमा हातपात तथा दुव्र्यवहार गरेको अभियोगमा प्रदेशसभा सदस्य गुरुङलाई प्रहरीले पक्राउ गरेको थियो । यसैबीच प्रदेशसभा सदस्य गुरुङविरुद्ध उजुरी हाल्ने एन्फा अध्यक्ष गुरुङलाई समेत आज प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसुर गरेको अभियोगमा दिउँसो गुरुङलाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक केसीले जानकारी दिनुभयो । अध्यक्ष गुरुङले गत वर्ष पोखरामा सम्पन्न मनकामना केबलकार पोखरा कप फुटबल प्रतियोगिताको समयमा विभिन्न व्यक्ति तथा संस्थालाई तिर्नुपर्ने रकम नतिरेको तथा रकम नभएको चेक जारी गरेको आरोप लागेको छ ।