neapl investment mega bank
  • गृहपृष्ठ
  • छुट्टाछुट्टै स्थानमा भएका आगलागीबाट १ जनाको मृत्यु तथा विभिन्न धनमाल जलेर नष्ट

छुट्टाछुट्टै स्थानमा भएका आगलागीबाट १ जनाको मृत्यु तथा विभिन्न धनमाल जलेर नष्ट

Jan 24th, 2020

काठमाडौं, १० माघ

सिरहा, कर्जन्हा नगरपालिका ४ बस्तिपुर चोक बस्ने आशा नायकको घरमा करेन्ट सर्ट भई शुक्रबार बिहान आगलागी हुँदा उनकी १६ वर्षीया छोरी चुनचुन कुमारी नायकको जलेर मृत्यु भएको छ । आगलागीबाट घाइते भएकी आशा नायकको कर्जन्हा अस्पतालमा उपचार भइरहेको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुल्न सकेको छैन ।

ताप्लेजुङ, श्रीजंघा गाउँपालिका ४ तेल्लोक फुन्द्रा बस्ने खुन बहादुर थापाको घरमा बिहीबार दिउँसो आगलागी हुँदा करिब ३ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

बर्दिया, राजापुर नगरपालिका १० करमुनी बस्ने अनिल सुनारको गोठमा बिहीबार बेलुका आगलागी हुँदा करिब १ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

पर्सा, वीरगंज महानगरपालिका ४ पोखरीया बस्ने बिश्वनाथ महतोको घरमा बिहीबार बेलुका आगलागी हुँदा करिब २ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

स्थानीयवासी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।