neapl investment mega bank
  • गृहपृष्ठ
  • सरकारले साझा यातायातलाई दिएको ३ अर्ब ब्याजसहित फिर्ता लिने

सरकारले साझा यातायातलाई दिएको ३ अर्ब ब्याजसहित फिर्ता लिने

Jan 23rd, 2020

काठमाडौं, ९ माघ
आधारभूमी संवाददाता

सरकारले साझा यातायात प्रालिलाई विद्युतीय बस खरिद गर्नका लागि दिएको दिएको ३ अर्ब रुपैयाँ ब्याजसहित फिर्ता लिने निर्णय गरेको छ ।

सरकारले निर्धारित समयमा बस खरिद गरी संचालन गर्न नसकेको भन्दै पहिले दिएको ३ अर्ब रुपैयाँ ब्याजसहित फिर्ता लिने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले यही माघ ६ गते बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको जानकारी दिए ।

सरकारले साझा यातायातलाई ३ सय वटा विद्युतीय बस खरिद गरी सञ्चालनका लागि शेयरबापत ३ अर्ब रुपैयाँ दिएको थियो ।

यसैरगरी मन्त्रिपरिषद्को बैठकले नेपाल सरकारको स्वामित्त्वमा रहेको जर्मनीस्थित घरजग्गा बिक्री गर्न दूतावासलाई अख्तियारी दिने निर्णय गरेको छ ।

बैठकले नेपाल सरकारको स्वामित्त्वमा रहेको जर्मनीस्थित घरजग्गा बिक्री गर्न दूतावासलाई अख्तियारी दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका हुन् ।