भक्तपुर , ९ माघ
आधारभूमी संवाददाता
सूर्यविनायक नगरपालिकाले सूर्यविनायक–४ दधिकोटमा आफ्नै अस्पताल सञ्चालनमा ल्याएको छ ।
सूर्यविनायक नगरपालिका–४ अन्तर्गत दधिकोटको गाम्चामा रहेको दधिकोट प्राथमिक स्वास्थ्य केन्द्रलाई नगरपालिकाले मंगलवारदेखी सूर्यविनायक नगरपालिका अस्पतालको नामबाट सञ्चालनमा ल्याएको हो ।
अस्पतालको नगरपालिकाका प्रमुख वासुदेव थापाले उद्घाटन गरेका थिए । उनले नगरवासीलाई सस्तो र सुलभरुपमै स्वास्थ्य सेवा दिनका लागि स्वास्थ्य केन्द्रलाई अस्पतालका रुपमा विस्तार गरी स्थानीयलाई सहज रुपमा उपचारको व्यवस्था गरेको वताए ।
नगरपालिकाले रु ६५ लाखको लागतमा निर्माण गरिएको तीन कोठाको तीनतल्ले अस्पताल भवनबाट २४ सै घण्टा आकस्मिक सेवा र प्रसूति सेवा उपलब्ध गराइने उहाँले जानकारी दिनुभयो । अस्पताल शुरु भएसँगै यहाँका स्थानीय बासिन्दालाई उपचारमा सहज भएको वडा नं. ४ का वडाध्यक्ष उत्तम थापाले जानकारी दिए । सूर्यविनायक नगरपालिकाका स्वास्थ्य संयोजक वसन्त चापागाईंले १७ जना करारमा कर्मचारी भर्ना गरी उत्कृष्ठ स्वास्थ्य सेवा दिने बताउनु भयो ।