neapl investment mega bank
  • गृहपृष्ठ
  • छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी५ जनाको मृत्यु

छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी५ जनाको मृत्यु

Jan 23rd, 2020

काठमाडौं, ९माघ

सिरहा, भक्तपुर, सुर्खेत, मकवानपुर र मोरङका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ ।

सिरहा, गोलबजार नगरपालिका-४ गुरुधाम चोकस्थित सडकमा बुधबार साँझ ना.१ ज ८०८८नम्बरको म्याजिक गाडीको ठक्करबाट हाल नाम, थर, वतन नखुलेका करिब ५० वर्षीय पुरुष व्यक्तिको घटनास्थलमै मृत्यु भएको छ । गाडी रचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
भक्तपुर,भक्तपुर नगरपालिका-२ महांकालस्थित सडकमा बा.६७ प ४८७१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार बेलुका दुर्घटना हुँदा मोटरसाइकल चालकसिन्धुली गलन्जर गाउँपालिका-३ घर भई भक्तपुर दुवाकोट बस्ने २० वर्षीय गणेश वयलकोटीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका गणेशको केएम्सी अस्पताल दुवाकोट लैजानेक्रममा बाटोमै मृत्यु भएको हो ।

सुर्खेत,बिरेन्द्र नगरपालिका-१२ नारायण पेट्रोल पम्पस्थित सडकमा भे.४३ प ८४४६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका-११ बस्ने २३ वर्षीय उदय परियारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको हो ।

मकवानपुर,बकैया गाउँपालिका-२ तिनढुङ्गेस्थित सडकमा हाल नम्बर नखुलेको ट्रयाक्टरअनियन्त्रित भई बुधबार बेलुका दुर्घटना हुँदा ट्रयाक्टर चालकबारा निजगढ नगरपालिका-५ ३४ वर्षीय पर्शुराम सिटौलाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका सिटौलाको जिल्ला अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

मोरङ,धनपाल गाउँपालिका-६ पिण्डेश्वरी स्कुलस्थित सडकमा मे.१ ख ४०९० नम्बरको बसअनियन्त्रित भई बिहीबार बिहान दुर्घटना हुँदा बसमा सवार बिराटनगर महानगरपालिका-१५ बस्ने ३२ वर्षीय सानु शाहको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका सानुको न्यूरो अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अन्य ५ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । फरार रहेका बसचालकको प्रहरीले खोजी गरिरहेको छ ।

दुर्घटनास्थलमा तत्काल खटिएको स्थानीय प्रहरीले उद्धार एवं यससम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।