neapl investment mega bank
  • गृहपृष्ठ
  • आफ्नै बुहारीलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ

आफ्नै बुहारीलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ

Jan 23rd, 2020

दाङ, ९माघ

आफ्नै बुहारी २७ वर्षीय बसन्ता कुवरलाई धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा गढवा गाउँपालिका-४ रामनगर बस्ने ६५ वर्षीय कुलमान कुवरलाई बुधबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

घरासी विवादको कारण कुलमानले आफ्नै बुहारीलाई चक्कु प्रहार गरी घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गढवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।चक्कु प्रहारबाट गम्भीर घाइते भएकी बसन्ताको स्थानीय मेडिकल हुँदै मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।