neapl investment mega bank
  • गृहपृष्ठ
  • नेपाली सेनाद्वारा खोज तथा उद्धार कार्य जारी

नेपाली सेनाद्वारा खोज तथा उद्धार कार्य जारी

Jan 22nd, 2020

काठमाडौं, माघ ८

अन्नपूर्ण आधारशिविरको पदमार्गमा गएको हिमपहिरोमा परी हराइरहेका ४ जना कोरियन पर्यटकहरु तथा ३ जना नेपाली गाईडहरुको नेपाली सेनाको पोखरास्थित श्री सेकेण्ड रेञ्‍जर गणका गणपति सहितको उद्धार टोलीद्वारा माघ ७ गतेदेखि खोजी कार्य जारी राखेको छ । उक्त उद्धार टोलीलाई नेपाली सेनाको ईक्वेरल हेलिकोप्टरद्वारा घटनास्थलबाट करिब २० मिनेटको पैदल दुरीमा अवस्थित देउराली भन्ने स्थानसम्म पुर्‍याई हाल उक्त हेलिकोप्टर पोखरा विमानस्थलमा तैनाथ रहेको छ ।

उक्त खोज तथा उद्दार कार्यको लागि खट्टिएको नेपाली सेनाको उद्धार टोलीद्वारा कोरियन पर्यटकहरु हिम पहिरोमा परी पुरिएको भनिएको स्थानमा करिव छ मिटर गहिराईसम्म खन्दा पनि हालसम्म केही फेला नपरेको र उक्त टोलीले नेपाली गाईडहरु पुरिएको भनि मार्क गरिएको सम्भावित स्थानमा समेत खोजी कार्य जारी राखेको छ । साथै हराईरहेका नेपाली गाईडका दुई जना आफन्तहरु समेतले उद्धार कार्यमा सहयोग गरिरहेका छन् ।