neapl investment mega bank
  • गृहपृष्ठ
  • एक करोड ५० लाख रुपैयाँ बराबरको ६ सय ३४ थान मोबाईल सहित दुुई व्यक्ति पक्राउ

एक करोड ५० लाख रुपैयाँ बराबरको ६ सय ३४ थान मोबाईल सहित दुुई व्यक्ति पक्राउ

Jan 22nd, 2020

काठमाडौ, माघ ८

बिभिन्न ब्राण्डका छ सय ३४ थान मोबाईल सहित दुुई जना व्यक्तिहरु पक्राउ परेकाछन । प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा डोटी घर भई हाल का.जि का.म.न.पा ३४ बस्ने वर्ष अं. ४० को उमेश भट्ट र सिन्धुपाल्चोक शिखरपुर १ घर भएका वर्ष अं. ३५ को ईन्द्र बहादुर कटुवाल रहेकाछन ।

बिशेष सूचनाको आधारमा आज बुुधबार अंन्दाजि ००ः३५ बजेको समयमा महानगरीय प्रहरी वृत्त थानकोट तथा महानगरीय प्रहरी प्रभाग नाँगढुंगाबाट खटिएको प्रहरी टोलीले जिल्ला काठमाण्डौ चन्द्रागिरी न.पा.वडा न.२ नागढुंगा चेक प्वाइन्टमा भैरहवाबाट काठमाण्डौतर्फ आउदै गरेको भारतीय नम्वर प्लेटको इनोभा ब्राण्डको खरानी रंगको कारभित्र रहेको एयर ब्याग रहेको स्थान, सिट, डिकी लगायत बिभिन्न स्थानहरूलाई फल्स बटमको रुपमा प्रयोग गरी ओप्पो, सामसुुङ, आईफोन, रेडमी, एमआई, भिभो लेनोभा सहितका १८ वटा ब्राण्डका ६३४ वटा मोबाईल सहित दुुई जना मानिस नियन्त्रणमा लिएको होे ।

उक्त बिभिन्न मोडलका मोबाईलहरु बिल भर्पाई नभएको अवस्थामा बरामद प्रहरीले जनाएको छ । मोवाईलको साथमा एलसीडी तथा टच स्क्रिन ८६ थान समेत बरामद भएको छ । उक्त मोवाईलहरूको अनुमानित बजार मुल्य एक करोड ५० लाख रुपैयाँ रहेको छ । सो सम्बन्धमा थप अनुसन्धान तथा कार्वाहीको लागि सम्बन्धित निकायमा बुझाउने तयारी भैरहेको प्रहरीले जनाएको छ ।