neapl investment mega bank
  • गृहपृष्ठ
  • घुस लिएको अभियोगमा वन कार्यालयका प्रमुख पक्राउ

घुस लिएको अभियोगमा वन कार्यालयका प्रमुख पक्राउ

Jan 22nd, 2020

रुपन्देही, ८ माघ (रासस)

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले घुस लिएको अभियोगमा रुपन्देहीको सैनामैना सब डिभिजन वन कार्यालयका प्रमुखलाई पक्राउ गरेको छ ।

वनको काठ उपलब्ध गराउने सिफारिसका लागि सेवाग्राहीसँग रु पाँच हजार घुस लिँदै गर्दा कार्यालय प्रमुख पुष्पराज श्रेष्ठलाई बुटवल उपमहानगरपालिकाको नयाँ गाउँबाट नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयका प्रवक्ता सुरेश भुसालले जानकारी दिनुभयो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।