neapl investment mega bank
  • गृहपृष्ठ
  • छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु

छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु

Jan 22nd, 2020

काठमाडौं, ८ माघ

सप्तरी, नवलपरासी(पूर्व), रुपन्देही, धनुषा र मकवानपुरका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी १२ जनाको मृत्यु भएको छ ।


सप्तरी, शम्भुनाथ नगरपालिका-१ स्थित सडकमा मंगलबार दिउँसो बा.३ ख ७९७७ नम्बरको हाईसको ठक्करबाट सोही स्थान बस्ने राजकुमार चौधरीको ८ वर्षीय छोरा प्रसान्त चौधरीको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको युनिक अस्पताल रुपनीमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नवलपरासी (पूर्व), हुप्सेकोट गाउँपालिका ४ स्थित सडकमा ग.१ झ ३८९ नम्बरको गाडीले सोही स्थान बस्ने ५५ वर्षीय भिम बहादुर लुङ्गेली समेत ५ जनालाई मंगलबार दिउँसो ठक्कर दिँदा ५ वर्षीय दिपु गाहाको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज चितवनमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्करबाट घाइते भएका अन्य ४ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । फरार गाडी चालकको प्रहरीले खोजी गरिरहेको छ ।

रुपन्देही, तिलोत्तमा नगरपालिका-५ नयाँमिलस्थित सडकमा मंगलबार साँझ लु.२४ प १६७१ नम्बरको मोटरसाइकलबाट लडेर गम्भीर घाइते भएका भारत महाराजगंज राममन्दिर बस्ने ७० वर्षीय राम सुलभ कुर्मीको ५ नम्बर प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको छ ।

धनुषा, औरही गाउँपालिका-२ देउरी चोकस्थित सडकमा अन टेस्ट लेखिएको ट्याक्टर अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा सोही ट्याक्टरले किचेर चालक सोही गाउँपालिका-१ पुरनदेहीया बस्ने ३५ वर्षीय सखिचन पासवानको घटनास्थलमै मृत्यु भएको छ ।

मकवानपुर, हेटौंडा उपमहानगरपालिका ११ नवलपुरस्थित सडकमा ना.५ च १७७७ नम्बरको जिपले ना.४३ प ४९१४ नम्बरको मोटरसाइकललाई बुधबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक सोही उपमहानगरपालिका १९ बस्ने २१ वर्षीय सुनिल स्याङतानको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको चुरेहिल अस्पताल हुँदै हेटौंडा अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार मनहरी ज्यामिरे बस्ने १८ वर्षीय साजन भोलनको चुरेहिल अस्पतालमै उपचार भइरहेको छ । जिप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनास्थलमा तत्काल खटिएको स्थानीय प्रहरीले उद्धार एवम् आवश्यक अनुसन्धान गरिरहेको छ ।