neapl investment mega bank
  • गृहपृष्ठ
  • जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

Jan 22nd, 2020

काठमाडौं, ८ माघ

गोकर्णेश्वर नगरपालिका ४ माकलबारी बसपार्क डेरा गरी बस्ने ३३ वर्षीय राम बाबु सापकोटाको कोठामा जुवातास खेलिरहेको अवस्थामा सिन्धुली जिकल गाउँपालिका २ घर भएका ५० वर्षीय अमरजन खत्री लगायत ९ जनालाई नगद २ लाख ५२ हजार ३ सय ५० रुपैयाँ र ९ बुक ताससहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले जुवातास खेलिरहेको अवस्थामा फेला पारी उनीहरूलाई पक्राउ गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।