neapl investment mega bank
  • गृहपृष्ठ
  • कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ

कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ

Jan 22nd, 2020

काठमाडौं, ८ माघ

उदयपुर, कटारी नगरपालिका १० राम्चे बस्ने ६६ वर्षीय बल बहादुर सुनुवारको कुटपिट गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ४४ वर्षीय केवल बहादुर सुनुवारलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । छिमेकी पहलमान सुनुवारको घरमा विवाहमा गएको अवस्थामा केवल बहादुरको कुटपिटबाट गम्भीर घाइते भएका बल बहादुरको कटारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

धादिङ, खनियाँवास गाउँपालिका ४ घाम्सा बस्ने ३२ वर्षीय सन्त बहादुर तामाङलाई कुटपिट गरी हत्या गरेको अभियोगमा नेत्रावती गाउँपालिका १ बस्ने २९ वर्षीय रोशन तामाङ र उनका भाई २५ वर्षीय राम तामाङलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

सामान्य बादबिवादको क्रममा उनीहरुले सन्त बहादुर र सोही ठाउँ बस्ने २८ वर्षीय रविन तामाङलाई कुटपिट गरी गम्भीर घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दर्खाबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । कुटपिटबाट गम्भीर घाइते भएका सन्त बहादुरको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै घाइते रविन तामाङको जिल्ला अस्पताल हुँदै ट्रमा सेन्टर काठमाडौंमा थप उपचार भइरहेको छ ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।