neapl investment mega bank
  • गृहपृष्ठ
  • मन्त्री नेम्वाङद्वारा इकोपार्कको शिलान्यास

मन्त्री नेम्वाङद्वारा इकोपार्कको शिलान्यास

Jan 22nd, 2020

कञ्चनपुर, ८ माघ (रासस)

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ मा मंगलबार इकोपार्कको शिलान्यास गर्नुभएको छ । नगरपालिकाको लगानीमा निर्माण हुने इकोपार्क निर्माणस्थलमा मन्त्री नेम्वाङले पूजापश्चात् शिलान्यास गर्नुभएको हो ।

मन्त्री नेम्वाङ, प्रतिनिधिसभाका सांसद डा दीपकप्रकाश भट्ट, नरबहादुर धामी, नगरप्रमुख सुरेन्द्र बिष्ट, उपप्रमुख सुुशिला सिंह लगायतको उपस्थिति थियो । इकोपार्क ३४ बिघा क्षेत्रफलमा निर्माण गरिने नगरपालिका–१८ का वडाध्यक्ष राजेन्द्र पाण्डेयले बताउनुभयो । पार्कमा विभिन्न प्रजातिका बिरुवा रोपिने र नमूनाका रुपमा विकास गरिने बताइएको छ । इकोपार्क निर्माणका लागि विस्तृत अध्ययन गरिएको थियो ।