पर्सा, माघ ७
लागूऔषध मुद्दाका फरार प्रतिवादी सखुवाप्रसौनी गाउपालिका २ का ३६ वर्षीय प्रभु सहनीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत पर्साको २०६८ मंसिर २८ गतेको फैसलाले लागूऔषध मुद्दामा सात महिना १७ दिन कैद र ५ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनकै गाउँघरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । सहनीलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत पर्सा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।