काठमाडोै, माघ ७
कृषि बिकास बैंक ५३ औं बर्षमा प्रवेश गरेको छ । अर्थमन्त्री डा. यूवराज खतिवडाले ५३ औ वार्षिक उत्सव समारोहको भव्यताका साथ डिजिटाईजेशन पद्धतिबाट समुदघाटन गरेका हुन ।
समारोहका प्रमुख अतिथी अर्थमन्त्रीले डिजिटाईजेशन पद्धतिबाट बैंकका दुर्गम स्थानमा रहेका कृषि विकास बैंकका शाखा तथा एक्सटेन्सन काउण्टरहरु शाखा बर्जू, आमबारी, रवी, लौकही, हरिवन, धार्के, मालेपाटन, गण्डकी गोरखा, चन्द्रौटा, पकडी, ढिमे कुशे, बारेकोट, कुमालगाउं, सुकटिया, ओदानकु महावै र एक्सटेन्सन काउण्टर धुलिखेल समेत गरी १६ वटा कार्यालयको समेत समुदघाटन गरेकाछन । वार्षिक उत्सव समारोहलाई सम्बोधन गर्दै समारोहका प्रमुख अतिथी खतिवडाले बैकले स्थापनाकालमा लिएको प्रमुख उद्देश्यबाट विचलन नभै आज सम्म आईपुग्दा र बैंकको कर्जाको आकारलाई हेर्दा साना भन्दा साना किसानहरुलाई करिब ८० प्रतिशत कर्जा प्रवाह भएबाट कृषिलाई पहिलो प्राथामिता दिई कर्जा प्रवाह गरेको विषयको सराहना गर्दै भविष्यमा पनि कृषिको व्यवसायीकरण गर्न र सहुलियत पूर्ण कर्जा प्रवाहको मात्रालाई बढाउन आग्रह समेत गरे । कर्मचारी यूनियहरुको भनाई सुन्दा उनिहरुको गतिविधि संस्थाको मूलभुत काममा केन्द्रिकृत भै आफना ट्रेड यूनियन गतिविधि गरेकोमा प्रशंसा समेत गरे । कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेपालको आर्थिक अवस्था सवल सुदृढढंगले अगाडी बढी रहेकोले सवै लगानीकर्ताहरुलाई ढुक्क संग लगानी गर्नु हुन आग्रह गरे ।
साथै सरकारले सरकारी बैंकलाई सक्षम बलियो प्रतिष्पर्धी बैंकको रुपमा देख्न चाहेको हुंदा यहांहरुले चाहे अनुसारको आवश्यक सहयोग भविष्यमा गर्दै जाने छ, बैकले ५२ वर्षको सफलयात्रा पार गरी ५३ औं वर्षमा प्रवेश गरेको सुखद उपलक्ष्यमा सम्पुर्ण बैंक परिवार र सम्बद्ध पक्षलाई हार्दिक बधाई तथा आगामी दिनका लागि शुभकामना समेत व्यक्त गरे । कार्यक्रमका विशिष्ठ अतिथिी तथा नेपाल राष्ट्र बैंकका डिपुटि गर्भनर चिन्तामणी सिवाकोटीले समारोहलाई सम्बोधन गर्दै बैंकले कृषि क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै नेपाल सरकारले लागु गरेको सहुलियत पूर्ण कर्जा प्रवाहको मात्रालाई आगामी दिनमा बढाउन आग्रह गर्दै बैंकिङ्ग व्यवसाय आफैमा जोखिम व्यवसाय भएकोले सचेतपूर्वक आन्तरिक नियन्त्रण प्राणालिलाई थप बलियो बनाउन समेत आग्रह गरे । वार्षिक उत्सव कार्यक्रममा नेपाल बैकर्स एशोसियशनका अध्यक्ष भुवन कुमार दाहाल, पूर्व अध्यक्ष तथा महाप्रबन्धक श्रीकृष्ण उपाध्याय, बैंकका पूर्व उपमहाप्रबन्धक शंकरमान श्रेष्ठले कृषि विकास बैंकले गरेको प्रगतिको प्रशंसा गर्दै आगामी दिनमा थप बलियो बैंकको रुपमा रहन सकोस भनि शुभकामना व्यक्त गरे ।
बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले बैंकका गतिविधिहरु माथि प्रकाश पार्दे बैंकलाई प्रत्यक्ष एवं परोक्ष रुपमा सहयोग पु¥याउनुहुने नेपाल सरकार, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लगायत विभिन्न निकायहरु, एशियाली विकास बैंक तथा अन्य दातृ निकायहरुप्रति आभार व्यक्त गरे । बैंकलाई सदैव विश्वास गर्ने एवं हाम्रो अभियानमा सहयोग पु¥याउनुहुने सम्पूर्ण आदरणीय ग्राहक वर्ग, संचालक समिति तथा सहकर्मी कर्मचारी मित्र, बैंकमा क्रियाशिल युनियनहरुप्रति हार्दिक धन्यवाद ज्ञापन गरे । बैंकको प्रगति एवं समृद्धिका लागि योगदान गर्नुहुने बैंकका पूर्व कर्मचारी तथा पदाधिकारीज्यूहरु प्रति हामी हार्दिक आभार व्यक्त गर्दै २० बर्ष र २५ वर्ष सेवा अवधि पूरा गरी आज पुरस्कृत हुने कर्मचारी साथीहरु, उत्कृष्ट कर्मचारीहरु, उत्कृष्ट ग्राहाक महानुभावहरुलाई बधाई ज्ञापन गर्दै उत्तरोत्तर प्रगतिको कामना समेत गरे ।
कुशल एवं प्रभावकारी बैंकिंग सेवा प्रवाहका माध्यमबाट उच्च गुणस्तरयुक्त सम्पत्तिको निरन्तर सृजना र त्यसबाट प्राप्त प्रतिफल बैंकका सबै हिस्सेदार समक्ष न्यायपूर्ण ढंगबाट वितरण गर्न सम्पूर्ण बैंक परिवारको तर्फबाट प्रतिवद्धता व्यक्त गरे । उक्त कार्यक्रमको अध्यक्षता बैंक संचालक समितिका अध्यक्ष क्षेत्र बहादुर सेजुवालले गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दैै बैंकले आफ्नो स्थापनका समयमा लिएको उद्देश्यका अलाव समय अनुसारको माग बमोजिम बैंकका सेवाहरुलाई अध्यावधिक गराउंदै लगेको छ र भविष्यमा अझ अबव्ल बैंकको रुपमा अगाडी बढ्ने समेत बताए ।
कार्यक्रममा बैंकका उत्कृष्ट ग्राहकको नामावली, सम्मान हुने बैंकका पूर्व अग्रजहरुको नामावली, कार्यसम्पादनमा उत्कृष्ट अंक ल्याई पुरस्कृत हुने कर्मचारीहरुको नामावली समेत घोषणा सम्मान तथा पुरस्कृत समेत गरिएको थियो । कार्यक्रममा बैंक संचालक समितिका सदस्यहरु झक्क प्रसाद आचार्य, राजेन्द्र प्रसाद मिश्र, डा. इन्दीरा मास्के, संजिव पौडेल, हरिप्रसाद पराजुली, बैंकका उप–महाप्रबन्धकहरु प्रताप सुवेदी, यज्ञप्रकाश न्यौपाने, धु्रवचन्द्र गौतम, दिर्घ बहादुर अर्याल लगायत कर्मचारीहरुको उपस्थिति थियो । कार्यक्रमको संचालन प्रतिमा चौधरीले गरेकी थिईन ।