neapl investment mega bank
  • गृहपृष्ठ
  • मोबाइल तथा नगद चोरी गरेको अभियोगमा एक जना पक्राउ

मोबाइल तथा नगद चोरी गरेको अभियोगमा एक जना पक्राउ

Jan 21st, 2020

बारा, माघ ७

भारत बिहारका ३५ वर्षीय शुसिल सिंहलाई मोबाइल तथा नगद चोरी गरेको अभियोगमा शनिबार प्रहरीले पक्राउ गरेको छ ।

सुवर्ण गाउँपालिका ३ संतगंजस्थित सडकबाट चोरी भएको मोबाइल १ थान, भारतीय रुपैयाँ ११ हजार ३ सय ७०, नेपाली रुपैयाँ ११ हजार ४ सय र विभिन्न व्यक्तिको नामको भारतीय पहिचान पत्र तथा आधार कार्ड सहित फेला पारी सिंहलाई प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय कवहीगोठ बाराबाट खटिएको प्रहरीले बरियारपुरबाट कवही सतगंज हुँदै भारततर्फ जाँदै गरेका उनलाई जाँच गर्ने क्रममा उक्त चोरी भएको मोबाइल, नगद तथा कार्ड सहित फेला पारी पक्राउ गरेको हो । पक्राउ गरी थप अनुसन्धान गर्ने क्रममा उनले गत आइतबार महागढिमाई नगरपालिका १ बरियापुरस्थित गढीमाई मन्दिरमा लागेको माघे संक्रान्ती मेलामा दर्शन गर्न आएका दर्शनार्थीहरुको साथबाट उक्त सामान चोरी गरेको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । सिंहलाई चोरी मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।