neapl investment mega bank

धरानका पूर्वप्रमुख राईको निधन

Jan 20th, 2020

इनरुवा, ६ माघ (रासस)

तत्कालीन धरान नगरपालिकाका पूर्वप्रमुख ध्यानबहादुर राईको ६० वर्षको उमेरमा आज निधन भएको छ । अर्बुद रोगको उपचार गराइरहनुभएका राईको ललितपुरको पाटन अस्पतालमा निधन भएको हो ।

अस्पतालको सघन उपचार कक्षमा उपचाररत अवस्थामा पूर्वप्रमुख राईको निधन भएको बचाउ अभियानका संयोजक महेश श्रेष्ठले बताउनुभयो । प्रमुख राई विगत एक वर्षदेखि अर्बुद रोगको उपचारमा हुनुहुन्थ्यो । भारतको राजधानी नयाँदिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पतालमा उपचार सम्भव हुन नसकेपछि उहाँलाई एम्बुलेन्समार्फत नेपाल नै ल्याइएको थियो । उहाँ विसं २०४९ को स्थानीय निकाय निर्वाचनमा तत्कालीन नेकपा एमालेबाट प्रमुखमा निवार्चित हुनुभएको थियो ।