neapl investment mega bank
  • गृहपृष्ठ
  • नेपाल अब भुपरिवेष्टित रहेन : उद्योगमन्त्री भट्ट

नेपाल अब भुपरिवेष्टित रहेन : उद्योगमन्त्री भट्ट

Jan 20th, 2020

काठमाडौ, माघ ६

उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टले नेपाल अब भुपरिवेष्टित देश नरहेको बताएका छन् । ‘नेपाल अब भुपविृस्टित रहेन । हवाइमार्गबाट होस वा अन्य स्थलमार्गबाट होस हामी पहिले जस्तो भुपरिबेष्टित नै भन्नुपर्ने अवस्था छैन’ सोमबार ललितपुरस्थित एक होटलमा नेपाल इन्टरमोडल यातायात विकास समितिको २३ औं वार्षिकोत्सव तथा रसद २०७६ विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टले भने ।

भारतसँग भूमार्गको मात्रै विगतमा रहेको भनिने गरिएकोमा जल यातायात, रेल यातायात, सुरुङमार्गसम्बन्धी सम्झौता र आयोजनाहरुले नेपाल भुप।िवृष्टित मात्रै हो अब भन्न नपर्ने देखिएकाृ उनले बताए ।

मन्त्री भट्टले सरकार परिवर्तित सत्ता अनुरुपको ऐन कानुन र संरचना निर्माणमा लागेको पनि बताए । ‘सत्ता परिवर्तन भएको छ । परिवर्तित सत्ता अनुरुपको कानुन र संरचना निर्माण गर्न तर्फ सरकार छ । हामी सुल्टो तिर नै गइरहेका छौं’ उनले भने । मन्त्री भट्टले नेपाल इन्टरमोडलको नेपाली नामाकरण गर्न सकिन्छ कि भन्नेमा सोच्नुपर्ने हो कि भन्ने सुझाव दिए ।

सरकार आर्थिक विकास र समृद्धिो दिशामा रहेको भन्दै उनले सबै मिलेर मात्रै उदेश्य पुरा गर्न सकिने बताए । ‘राजनीति गर्ने पनि रुपान्तरित हुन जरुरी छ । पार्टी र प्रधानमन्त्रीले हामीलाई विश्वास गरेर हामीलाई जिमेवारी दायित्व दिइएको हो । राम्रो भएन भने हामीलाई पार्टीले फिर्ता बोलाउँछ’ मन्त्री भट्ट भन्छन्, ‘कुनै पनि लडाई जित्न सिपाहीदेखि कमाण्डरसम्म एक हुनपर्छ । त्यो ताकत हामी मन्त्रालयदेखि जाडिएका सबैमा हुन आवश्यक छ ।’

कार्यक्रममा नेपाल इन्टरमोडल यातायात विकास समितिका अध्यक्ष वैकुण्ठ अर्यालले पनि नेपाल भुपरिबेष्टितबाट भुजडित भएको बताए । भारत र चीन तर्फ निर्माण भएका वा तयारीमा रहेका सुख्खा बन्दरगाहरु उदाहरणका रुपमा रहेको उनले बताए ।

आइइसीपी उद्घाटनमा निम्तो

इन्टर मोडल यातायात विकास समितिका अध्यक्ष अर्यालले मोरङको बुधनगरमा निर्माण भएको एकिकृत जाँच भन्सार विन्दु (आइसीपी) को उद्घाटन कार्यक्रममा सहभागिताको लागि निम्तो गरे ।
भोलि मंगलबार नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मोरङको बुधनगरमा निर्माण भएको एकिकृत जाँच भन्सार विन्दु (आइसीपी) को उद्घाटन गर्दैछन् । भिडियो कन्फ्रेनसमार्फत दुबै देशका प्रधानमन्त्रीले उद्घाटन गर्दैछन् । भारतीय पक्षले निर्माण गरी नेपाललाई हस्तान्तन्तरण गर्न लागेको आईसीपी मंगलबार देखि कार्यान्वयनमा आउनेछ । उद्योग वाणिज्य तथा आपुर्तिराज्यमन्त्री मोतिलाल दुगडले सुख्खा बन्दरगाहको अवधारणाले वैदेशिक व्यापार प्रर्वद्धनमा ठूलो योगदान पुग्ने विश्वास ब्यक्त गरे । तथापि केही अप्ठ्याराहरु रहेको उनले बताए ।

विकास निर्माणमा मुआब्जाका नाममा हुने अवरोधहरु समस्याको रुपमा देखा पार्ने गरेको भन्दै मन्त्री दुगडले सबैले विकासमा अवरोध सिर्जना हुन नदिन सचेत हुनुपर्नेम जोड दिए । नागरिक समाज पनि विकासमा हुने अवरोध हटाउनका लागि जागरुक हुनुपर्ने उनको भनाई रहेको छ ।
पूर्वसचिव पुरुषोत्तम ओझाले आइसिटी विकास गर्ने सम्बन्धी कानुन जतिसक्दो छिटो बनाइनुपर्नेमा जोड दिए ।

यातायात विकास समितिलाई अधिकार सम्पन्न स्वतन्त्र प्राधिकरण बनाएर काम अगाडि बढाउनुपर्ने कार्यक्रकममा सहभागि सरोकारवालाहरुले माग गरे । नेपाल फ्रेट फरवार्डस एशोसिएसनका अध्यक्ष प्रकाश शिंह कार्कीले राष्ट्रिय स्तरबाट मात्रै टेण्डर हुने गरी कानुन निर्माण गरिनुपर्ने माग गरे ।
स्वागत मन्तब्य राख्दै नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक नवराज ढकालले समितिले आर्थिक बर्ष २०७५/०७६ मा भएका कामहरुको बृफिङ गरे । आन्तरिक पानी जहाज निर्माणको कार्या अगाडि बढेको, यसमा लागि आवश्यक ऐन निर्माणका लागि मस्यौदा तयार भएर अगाडि बढेको जानकारी दिए ।

कार्यकारी निर्देशक ढकालले कोरला नाका सुख्खा बन्दरगाह निर्माणको कार्य समेत अगाडि बढेको बताए । समितिले बर्ष भरी भए/गरेका कामहरुलाई समेटेर ‘रसद’ नामक स्मारिका बिमोचन पनि गरेको छ ।