काठमाडौँ, ६ माघ
आधारभूमी संवाददाता
कालिकोट जिल्लाको पलाता गाउँपालिकामा १५ शैयाको अस्पपताल बन्ने भएको छ । केही समय अघि मन्त्रीपरिषद्को बैठकले सो स्थानमा अस्पताल बनाउने निर्णय गरेको थियो ।
यसैविच स्वास्थ्य मन्त्रालयले कालिकोट जिल्लाको पलाता गाउँपालिका वडा न ९ मा स्थापना हुने १५ शैयाको अस्पतालको भवन निर्माणको जिम्मा सहरी बिकासलाई लगाएको छ ।
तत्कालीन स्वास्थ्य मन्त्री दीपक बोहराको प्रस्तावमा पलातामा अस्पताल निर्माण गर्ने निर्णय गरेको थियो । अस्पतालका लागि चाहिने ५ रोपनी जग्गा स्थानीय बासिन्दा एवं समाजसेवी चक्र बम , राज बहादुर बम , अर्जुन बम र हर्क बहादुर बमले निशुल्क प्रदान गरेको जनाइएको छ ।
सो स्थानका मानिसले ज्वरो र टाउको दुख्दा सिटामोल समेत नपाइने तथा सामान्य उपचार पनि पाएका थिएनन् । पतालामा अस्पताल निर्माण हुने भएपछि स्थानीयले तत्कालिन मन्त्री बोहोरालाई धन्यवाद दिएका छन ।
यसैगरी राप्रपाका युवा नेता निराजन बमले पलाताबासीले अब सामान्य उपचारको लागि अन्य महंगो अस्पताल धाउनु पर्ने अवस्था धेरै दिन नरहेको बताए ।