neapl investment mega bank
  • गृहपृष्ठ
  • चेकोस्लोभाकियामा अपाङ्ग हेरविचार केन्द्रमा आगलागी हुँदा कम्तीमा आठ व्यक्तिको मृत्यु

चेकोस्लोभाकियामा अपाङ्ग हेरविचार केन्द्रमा आगलागी हुँदा कम्तीमा आठ व्यक्तिको मृत्यु

Jan 20th, 2020

प्राग, चेकोस्लोभाकिया, ६ माघ (रासस/एएफपी)

चेकोस्लोभाकियाको पश्चिमी सहर वेपटीको एक अपाङ्ग हेरचाह केन्द्रमा आइतबार आगलागी हुँदा कम्तीमा आठ व्यक्तिको मृत्यु भएको उद्धारका लागि त्यहाँ पुगेका सरकारी अधिकारीले बताएका छन् ।

“अपाङ्ग हेरविचार केन्द्रमा आगलागी हुँदा कम्तीमा आठको मृत्यु भएको छ भने ३८ व्यक्ति जलेर घाइते भएका छन्,” आकस्मिक सेवा कार्यालयका प्रवक्ता प्रोकोप भोलेनिकले एएफ्पीलाई बताउनुभयो ।

घटनामा सख्त घाइते भएका कम्तीमा ३० व्यक्तिलाई उपचारका लागि अस्पताल पठाइएको छ भने एक व्यक्तिको अवस्था निकै चिन्ताजनक रहेको छ, तीन गम्भीररूपमा घाइते छन् भने २६ जना सामान्यरूपमा घाइते रहेका छन् ।

भवनमा लागेको आगो नियन्त्रणमा आइसकेको छ । “आगलागी सुस्त मनस्थिति भएका व्यक्तिहरूलाई राखिएको एक घरमा भएको थियो,” वेपटीका नगरप्रमुख जित्का गाभ्दुनोभाले बताउनुभयो ।