काठमाडौं ,६ माघ
लिभरपुलले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ। ईङ्लिश प्रिमियर लिग अन्तरगत आइतबार भएको खेलमा लिभरपुलले म्यानचेस्टर युनाइटेडलाई २–० ले पराजित गरेको हो ।
लिभरपुल जितमा भर्जिल भान डाइक र मोहम्मद सलाहले एक एक गोल गरे । लिभरपुलले खेलको १४ औं मिनेटमा नै अग्रता लिएको थियो । ट्रेन्ट अलेक्जान्डर आर्नोल्डको कर्नरमा भर्जिल भान डाइकले हेडमार्फत गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । त्यसपछि मोहम्मद सलाहले अतिरिक्त समयको तेश्रो मिनेटमा गोल गरे र जित पक्का गरे ।
जीतसँगै लिभरपुलले शीर्ष स्थानमा एक खेल कम खेल्दै १६ अङ्कको फराकिलो अग्रता बनाएको छ । २२ खेल खेलेको लिभरपुलको ६४ अंक छ भने २३ खेल खेलको म्यानचेस्टर सिटीको ४८ अंक छ। लिभरपुलले युनाइटेड भन्दा ३० अंकले अघि छ । २३ खेलबाट ३४ अंक रहेको युनाइटेड पाँचौं स्थानमै छ ।