मुग्लिन, ३ माघ (रासस)
अविरल वर्षासँगै नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खसेपछि सडक एकतर्फी सञ्चालनमा आएको छ । हिजोदेखि परेको अविरल वर्षात्ले यस सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–६ चार किलोडाडाँमा आज बिहान पहिरो खसेको हो ।
पहिरोका कारण सडक एकतर्फी सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ । पहिरो पन्छाउन जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मुग्लिनबाट प्रहरी टोली परिचालन गरिएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक कञ्चन लामाले जानकारी दिनुभयो ।