neapl investment mega bank
  • गृहपृष्ठ
  • नेपाल राष्ट्र बैङ्कका डेपुटी गभर्नर श्रेष्ठको निलम्वन फुकुवा, सरकारले दियो सफाई

नेपाल राष्ट्र बैङ्कका डेपुटी गभर्नर श्रेष्ठको निलम्वन फुकुवा, सरकारले दियो सफाई

Jan 16th, 2020

काठमाडौँ, २ माघ ।

नेपाल राष्ट्र बैङ्कका डेपुटी गभर्नर शिवराज श्रेष्ठले सरकारबाट सफाई पाएका छन् । मन्त्रिपरिषद्ले निर्दोष ठहर गरेसंगै उनीमाथिको निलम्बन फुकुवा भएको हो ।

श्रेष्ठ वित्तिय सुशासन उल्लङ्घन गरेको आरोपमा मन्त्रिपरिषदकै निर्देशनमा छानबिनमा परेका थिए । श्रेष्ठलाई मन्त्रिपरिषद्ले नै निर्दोष ठहर गरेको हो ।

बिहीबार सरकारको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सूचना तथा सञ्चार प्रविधि एवं सहरी विकासमन्त्री समेत रहेका सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले श्रेष्ठलाई मन्त्रिपरिषद्ले निर्दोष ठहर गरेको जानकारी दिए ।

निलम्बवनमा रहेका नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ निदोष ठहरीएपछि उनको पुनर्बहाली हुने भएको छ । श्रेष्ठ अनियमितता गरेको आरोपमा छानविनमा रहेका थिए । जसको कारण उनी कात्तिक १८ गतेदेखि निलम्बनमा परेका थिए ।

छानविन समितिले श्रेष्ठमाथि अनुसन्धान गरी अर्थमन्त्रालयमा प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनअनुसार बर्खास्त गर्नुपर्ने कारणहरु नदेखिएको ले उनको पुर्नवहाली गरिएको हो ।

बाँस्कोटाले कुनैपनि व्यक्तिमाथि छानबिन हुनु स्वभाविक भएको भन्दै छानबिनबाट निर्दोष ठहरिएपछि डेपुटी गर्भनर श्रेष्ठलाई सफाइ दिएको बताए ।