neapl investment mega bank
  • गृहपृष्ठ
  • नेपाल प्रहरीमा १ हजार ८ सय ५ जनाका लागि नयाँ भर्ना आव्हान

नेपाल प्रहरीमा १ हजार ८ सय ५ जनाका लागि नयाँ भर्ना आव्हान

Jan 16th, 2020

काठमाडौं, २ माघ

नेपाल प्रहरीमारिक्त रहेका विभिन्न पदहरुमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधानअनुसार पदपूर्ति गर्न कूल १ हजार८सय ५ जनाको लागि नयाँ भर्ना दरखास्त आव्हान गरिएको छ।नयाँ भर्ना मध्ये प्रहरी निरीक्षकमा १ सय ४९ जना, प्रहरी सहायक निरीक्षकमा ५ सय ८४ जना र प्राविधिक समूह अन्तर्गतविभिन्न उप-समूहतर्फ रिक्त प्राविधिक प्रहरी जवानमा १ हजार ७२ जनाका लागिदरखास्तआव्हान गरिएको हो ।

प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदका लागिमहानगरीय प्रहरी कार्यालय रानीपोखरी र सातै वटा प्रदेश प्रहरी कार्यालयहरूमा दरखास्त फारम पाइने र बुझाउन सकिने छ । यस्तै प्राविधिक प्रहरी जवान पदकालागि महानगरीय प्रहरीपरिसरहरु काठमाडौं, भक्तपुर र ललितपुर, ७ वटै प्रदेश प्रहरी तालिमकेन्द्रहरु विराटनगर, जनकपुर (हाल राजविराज सप्तरी), दुधौली सिन्धुली, पोखरा, बुटवल, सुर्खेत (हाल नेपालगंज) र दिपायल तथा सबै जिल्ला प्रहरीकार्यालयहरुमा दरखास्त फारम पाइने र बुझाउन सकिने छ।

नयाँ भर्नाहुन इच्छुक नागरिकहरुले माघ ५ गतेदेखि फागुन ११ गतेसम्म सम्बन्धितकार्यालयहरुमा कार्यालय समयभित्र दरखास्त फारमलिनतथा बुझाउन सक्नेछन् । उक्त भर्ना सम्बन्धी विस्तृत विवरण सहितको सूचना नेपाल प्रहरीको वेबसाइट www.nepalpolice.gov.np मा समेत राखिएको छ ।