काठमाडौँ, २ माघ
फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मन (पीएसजी) ले मोनाकोमाथि सादनार जित निकालेको छ । बुधबार राति भएको खेलमा पीएसजीले मोनाकोलाई उसकै मैदानमा ४–१ ले हराएको हो ।
पीएसजीको जितमा केलियन एमबाप्पले दुई, नेयमार र पाब्लो सर्बियाले एक एक गोल गरे । मोनाकोका लागि तइमौके बकायोकोले एक गोल फर्काए ।
खेलको २४ औं मिनेटमा एम्बाप्पेको गोलबाट पीएसजीलाई सुरुवाती अग्रता लिएको थियो। पहिलो हाफको इन्जुरी समयको दोश्रो मिनेटमा पेनाल्टीमार्फत नेइमारले दोश्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । त्यस्तै खेलको ७२ औं मिनेटमा साराबियाले टोलीका लागि तेश्रो गोल गरे र अग्रता थप बलियो बनाए भने दोस्रो हाफको इन्जुरी समयमा एमबाप्पेले ब्यक्तिग दोस्रो गोल थप्दै पीएसजीलाई जित दिलाय ।
मोनाकोका लागि बाकायोकोले खेलको ८७ औं मिनेटमा एक गोल फर्काए ।
जितसँगै शीर्ष स्थानमा रहेको पीएसजीले २० खेलबाट ४९ अंक बनाएको छ । दोस्रो स्थानको मार्सेलीको समान २० खेलबाट ४१ अंक रहेको छ । मोनाको लिगको नवौं स्थानमा रहेको छ।