खाँदबारी, २ माघ, (रासस)
भोटखोला गाउँपालिका–१ स्थित किमाथाङ्का नाकामा सशस्त्र प्रहरी बलले बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरेको छ ।
उत्तरी सिमानामा सशस्त्र प्रहरीको पहिलो पोष्ट भएको जनाइएको छ । पूर्व क्षेत्र सशस्त्र प्रहरी बल मुख्यालयका बाहिनीपति नगेन्द्रबहादुर थापा र प्रमुख जिल्ला अधिकारी जीवन दुलालले पोष्टको बुधबार संयुक्तरुपमा शुभारम्भ गर्नुभएको थियो ।
जिल्ला सदरमुकामा खाँदबारीबाट १६२ किलोमिटर दूरीमा सो पोष्ट रहेको छ । बिओपी स्थापना गर्न दुईतले घर भाडामा लिइएको छ । किमाथाङ्काको बिओपी नेपाल–चीन सिमानाको एक किलोमिटर दूरीमा रहेको सशस्त्र प्रहरी बलले जनाएको छ । किमाथाङ्कासँगै सशस्त्र प्रहरीको बिओपी सङ्ख्या ११२ पुगेको छ ।