neapl investment mega bank
  • गृहपृष्ठ
  • सन् २०१२ पछि पहिलो पटक खामेनीद्वारा प्रार्थनाको नेतृत्व

सन् २०१२ पछि पहिलो पटक खामेनीद्वारा प्रार्थनाको नेतृत्व

Jan 16th, 2020

तेहरान, २ माघ (रासस/एएफपी)

इरानका सर्वोच्च धार्मिक नेता आयातोल्ला अलि खामेनीले यस हप्ताको शुक्रबार तेहरानमा गरिने प्रार्थनामा नेतृत्व गर्नुहुने भएको इरानी अधिकारीले बताएका छन् ।

राज्य सञ्चालित समाचार संस्था ९आइआरएनए०ले बुधबार इरानी अधिकारीलाई उद्धृत गर्दै तेहरानमा हुने प्रार्थनासभामा सात वर्षपछि खामेनीको उपस्थिति रहनेछ । तेहरानमा हुने इमाम ९प्रार्थना० का लागि मुख्य व्यक्ति खामेनी ने भएपनि उहाँले उक्त जिम्मेवारी आफ्ना प्रतिनिधिमार्फत् सञ्चालन गर्दै आउनुभएको थियो ।

खामेनीले यस पहिले तेहरानस्थित मोसल्ला मस्जिद्मा सन् २०१२ को फेब्रुअरीमा गर्नुभएको थियो । ईस्लामिक क्रान्तिको ३३ औँ बार्षिक उत्सव र इरानले आणविक बिषयका कारण सङ्कट झेलेका समय नेतृत्व दिएर एकताका लागि सम्पूर्ण इरानीलाई प्रोत्साहन गर्नुभएको थियो ।

खामेनीको उत्तराधिकारीका रूपमा समेत हेर्ने गरिएका इरानी विशेष सुरक्षा बलका प्रमुख कासिम सुलेमानीको इराकको राजधानी बग्दादमा भएको अमेरिकी आक्रमणमा मृत्यु र प्रत्युत्तरमा तेहरानले इराकस्थित अमेरिकी सैन्य शिबिरमा गरेका आक्रमणका क्रममा इरानी नागरिकसमेत रहेको यूक्रेनी विमान खसालिएपछि विकसित घटनाक्रमलाई मध्यनजर गर्दै इरानी सर्वोच्च नेताले सक्रियता देखाउनुभएको हो ।

यूक्रेनी विमानलाई ‘भुलबश’ शत्रुद्वारा हानिएको ‘क्रुज मिसाइल’ भनी खसालेपछि इरानको राजधानी तेहरानमा सरकारविरोधी नारा लागेपछि सबैलाई अमेरिकाविरूद्ध एकतावद्ध गर्न उहाँले प्रार्थनाको नेतृत्व गर्नलागेको अनुमान गरिएको छ ।