neapl investment mega bank
  • गृहपृष्ठ
  • युनाईटेड फाईनान्स लिमिटेडको २५ औं बार्षिक साधारण सभा सम्पन्न

युनाईटेड फाईनान्स लिमिटेडको २५ औं बार्षिक साधारण सभा सम्पन्न

Jan 15th, 2020

काठमाडौं, माघ १

युनाईटेड फाईनान्स लिमिटेडको २५ औं बार्षिक साधारण सम्पन्न भएको छ । फाईनान्सले कार्की बैकंट, बबरमहल, काठमाडौंमा कम्पनिका अध्यक्ष वसन्त कुमार चौधरीको अध्यक्षतामा सफलतापूर्वक सम्पन्न भएको हो । वसन्त कुमार चौधरीले प्रस्तुत गरेको कम्पनीको आ.व.२०७५।७६ को बार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण साधारण सभाबाट पारित भएको छ ।

सभाले कम्पनीको आ.व.२०७५/७६ को बार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण पारीत गर्नुका साथै गत आ.व. को मुनाफाबाट शेयरधनिहरुलाई सात दसमलव ५२ प्रतिसत नगद लाभाशं तथा तीन प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव स्विकृत गरेको छ । सोहि साधारण सभाबाट आगामी कार्यकालका लागि सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने रिक्त पाँच सञ्चालक पदमा वसन्त कुमार चौधरी, राहुल ईन्फ्रास्ट्रक्चर प्रा. लि. (प्रतिनिधि श्री रोशन अधिकारी) एम. ए. डव्लु इन्टरप्राइजेज प्रा. लि. (प्रतिनिधि विष्णु कुमार अग्रवाल), वेनी गोपाल मुन्दडा, तथा मनिष कुमार खेमकालाई आगामी चार वर्षको लागि निर्विरोध निर्वाचन गरेको छ ।

गत आ.व. मा कम्पनीले रु. ६ अर्ब ५५ करोड निक्षेप संकलन गरि सो अवधिमा विभिन्न क्षेत्रमा रु. ६ अर्ब १४ करोड कर्जा लगानी गरी संचालन मुनाफा रु. १८ करोड ०५ लाख र खुद मुनाफा रु. ९ करोड ९९ लाख आर्जन गरेको छ । त्यस्तै फाइनान्सले खराब कर्जा ०.५७ प्रतिशत कायम राख्न सफल भएको छ । कम्पनीले आफ्ना २३ वटा शाखा कार्यालयबाट बैकिगं सेवा प्रदान गर्दै आईरहेको छ । हालै मात्र कम्पनीमा भारतको प्रतिष्ठित मुत्तुट फाइनेन्स रणनीतिक साझेदारका रुपमा भित्रिएको छ ।