काठमाडौ, पुुस २७
अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकको विकास र समृद्धिका लागि साना तथा लघु, घरेलु उद्योग क्षेत्रमा पनि समावेशी लगानी आवश्यक रहेको बताउनुभएको छ ।
समृद्धि फाउण्डेशन र मेनोनाइट आर्थिक विकास एसोसिएट्स(मेडा) द्वारा सोमबार राजधानीमा आयोजना गरेको ‘दिगो विकास लक्ष्य प्राप्तिका लागि विकासका माध्यमः मिश्रित अर्थव्यवस्था र लैंगिकमैत्री लगानी’ विषयक कार्यशाला गोष्ठीको उद्घाटन गर्दै अर्थतन्त्रमा ठूलो योगदान पु¥याउँदै आएका साना तथा घरेलु उद्योगहरुको प्रवद्र्घनका लागि यस्ता उद्योगहरुको उत्पादन लागत घटाउन प्रविधि सहयोग आवश्यक रहेको उहाँले बताउनुभयो ।
मुलुकमा सञ्चालित साना तथा मझौला उद्योगहरुले उत्पादक र उद्यमी नागरिक निर्माणका लागि पूर्वाधार विकासमा सघाउने वातावरण निर्माण गर्नुपर्ने आवश्यकता औंल्याउँदै उहाँले बेरोजगारी समस्या समाधान र कृषिजन्य उत्पादनको उचित उपयोग गर्ने माध्यम भनेकै साना उद्योग भएको बताउनुभयो ।
स्थानीय कच्चा पदार्थमा आधारित साना उद्योग नै मुलुकको अर्थतन्त्रको मेरूदण्ड भएको भन्दै यस्ता उद्योगहरूको संरक्षण र प्रवद्र्घनमा सरकार प्राथमिकताका साथ लागिरहेको उहाँले बताउनुभयो ।
साना, घरेलु तथा मझौला उद्योगहरुमा लगानी बढाउन बैंक तथा वित्तीय संस्थालाई सुझाव दिंदै उहाँले भन्नुभयो – ‘अहिले बैंकबाट ठूला उद्योगमा तथा सहकारीबाट साना व्यवसायमा लगानी भएको अवस्था छ, उद्योग क्षेत्रको समावेशी विकासका लागि यसमा सुधार गरी घरेलु तथा मझौला उद्योग व्यवसायमा सरल र सहजरूपमा कर्जा प्रवाह गर्न वित्तीय संस्थाले ध्यान पु¥याउनुपर्छ ।’
समावेशी आर्थिक विकासका लागि उत्पादनका साधनहरुमाथि सबैको पहँच समान हुनुपर्ने भन्दै उहाँले भूमी, पूँजी र प्रविधिको वितरणमा समान पहुँच नभए मुलुकमा आर्थिक विकास सम्भव नभएको र त्यसका लागि संघीयता कार्यान्यवनमा आएको बताउनुभयो ।
संघीय संरचनाको माध्यमबाट समावेशी विकासको परिकल्पना गरिएकाले वित्तीय समावेसीकरणमा सरकारले ध्यान दिएको भन्दै उहाँले गाउँगाउँमा समतामुलक विकासका लागि स्थानीय तहले बजेट विनियोजन गर्ने र समान रुपले विकास हुने बताउनुभयो । त्यसका लागि सरकारले उत्पादनका साधान र स्रोतको समान वितरणमा जोड दिएको उहाँले बताउनुभयोे ।
आर्थिक विकास समावेशी हुनका लागि आर्थिक वृद्धि समावेशी हुनुपर्ने र आर्थिक वृद्धि समावेशी बनाउनका लागि उत्पादनका साधनमाथि समावेशी पहुँचको सुनिश्चितता हुनुपर्नेमा अर्थमन्त्री डा. खतिवडाको जोड थियो ।
समावेशी विकासका लागि सबै वर्ग र समुदायको संलग्नतामा अर्थपूर्ण साझा प्रयास आवश्यक रहेकोमा जोड दिंदै उहाँले मुलुकको अर्थतन्त्रका मुख्य तीन खम्बा सरकार, निजी क्षेत्र र सहकारी क्षेत्रले समावेशी विकासका लागि एकाकार भएर काम गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
सरोकारवालाबीच पर्याप्त छलफल नभई अघि बढाइएका विकासका आयोजनाप्रति नागरिकबाट प्रश्न उठ्ने सम्भावना रहने भन्दै उहाँले समावेशी विकासका माध्यमबाट मात्रै आर्थिक समृद्धि हासिल गर्नुपर्छ भनेर सरकारले त्यसैअनुरूपको नीति तर्जुमा गरेको बताउनुभयो । त्यसका लागि उपलब्ध स्रोतसाधन साझा प्रयासमा परिचालन हुनुपर्ने उहाँको भनाई थियो ।
नेपालको सहकारीलगायत वित्तीय क्षेत्रमा महिलाको सहभागिता उत्साहजनक नै रहेको उल्लेख गर्दै उहाँले नयाँ प्रविधिको प्रयोगमार्फत आफ्ना उत्पादनलाई गुणस्तरीय बनाउनेतर्फ महिला उद्यमीले ध्यान पु¥याउनुपर्ने बताउनुभयो ।
तत्कालै जनताको आवश्यता पूरा गर्ने उत्पादन बढाउँदै मूल्य पनि बढ्न नदिने र दीर्घकालीन विकास गर्नुपर्ने, लगानीबाट उच्च प्रतिफल लिन गुणस्तरमा सुधार गर्नुपर्ने तथा कामका अवसर सिर्जना गर्नुपर्ने आवश्यकता औंल्याउँदै स्वरोजगारी र ज्यालाको रोजगारी सिर्जना गरेर क्रमशः वैदेशिक रोजगारीमा जानुपर्ने अवस्था कम गर्दै लैजाने उहाँले बताउनुभयो ।
उद्घाटन समारोहमा मेडा अन्तरगत विश्वव्यापी कार्यक्रमका वरिष्ठ निर्देशक काटिय टर्नरले मिश्रित अर्थव्यवस्था र लैंगिकमैत्री लगानीका सफलताका प्रमाणहरुको चर्चा गर्दै महिलाद्घारा सञ्चालित साना उद्योगहरुको प्रवद्र्घनमा जोड दिनुभयो ।
पछिल्लो समय साना उद्योग र व्यवसायमा बढ्दै गइरहेको महिलाहरुको संख्यालाई मध्यनजर गर्दै आवश्यक सम्बोधन गर्न सके दिगो विकास लक्ष्य प्राप्तिमा समेत सघाउ पुग्ने उहाँको भनाई थियो ।
समृद्धि फाउण्डेशनले विकासका अभ्यासकर्ता र वाणिज्य क्षेत्रका लगानीकर्ताको सहकार्यमा विकास र समृद्धिका लागि बाधकका रूपमा देखिएको लैङ्गिक असन्तुलनलाई न्यूनीकरण गर्दै अघि बढने प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरेको सो कार्यक्रम मङ्गलबारसम्म चल्नेछ ।