काठमाडौ, पुुस २८
जिल्ला स्काउट कार्यालय काभ्रेपलान्चोकको निर्देशनमा हिमकुञ्ज स्काउट ट्रुपको आयोजनामा ३ दिन २ रातको एडभेन्चर क्याम्प सामुदायिक बोर्डिङ्ग स्कुल, पनौतीमा सम्पन्न भएकोे छ । यहि पौष २०, २१ र २२ गते भएको उक्त क्याम्पको जिल्ला स्काउट कार्यालयका जिल्ला आयुक्त मोहन गोपाल श्रेष्ठले उदघाटन गरेका थिए । उद्घाटन मन्तव्य राख्दै आयुक्त श्रेष्ठले विद्यार्थीहरुमा शारीरिक, बौद्धिक, सामाजिक एवम्, संवेगात्मक पक्षहरुको समानुपातिक विकास गराई असल र चरित्रवान् नागरिक बनाउन क्याम्पले सहयोग पु¥याउने बताए । कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल पूर्णकुमार श्रेष्ठ, वि.व्य.स. अध्यक्ष शम्भुलाल श्रेष्ठ, शिक्षक अभिभावक संघका अध्यक्ष नवराज के.सी. लगायतको उपस्थिति रहेको थियो ।
काभ्रे र भक्तपुरका ६ वटा विद्यालयका स्काउटमा आबद्घ ६२ जनाको उपस्थितिमा संचालन भएका क्याम्पमा जीपलाईन, फ्रिफल, टावर, टायर व्रिज लगायतका १५ प्रकारका वेसहरु संचालन भएको स्काउटर मिलन श्रेष्ठले जानकारी दिए । २२ गते भएको समापन कार्यक्रममा स्काउट राष्ट्रिय प्रधान कार्यालयका सदस्य विजेन्द्र ध्वजुको प्रमुख आतिथ्यतामा जिल्ला आयुक्त मोहन गोपाल श्रेष्ठ तथा राष्ट्रिय प्रशिक्षक सुचिता ध्वजु समेतको उपस्थितिमा स्काउटहरुलाई विदाई गरिएको थियो ।