काठमाडौँ, २८ पुस
रियल मड्रिडले एथ्लेटिको मड्रिडलाई पराजित गर्दै स्पानिस सुपर कपको उपाधि जितेको छ ।
आइतबार साउदी अरेबियाको किङ् अब्दुल्लाह सिटीमा भएको फाइनल खेलमा रियल मड्रिडले
एथ्लेटिको म्याड्रिडलाई पेनाल्टी सुटआउटमा ४–१ ले हराउँदै स्पेनिस सुपरकपको उपाधि जितेको
हो ।
निर्धारित तथा अतिरिक्त समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । जसमा रियल ४–१ ले विजयी भयो । रियलका लागि पेनाल्टी सुटआउटमा डानी कार्भाहल, लुका मोडरिच, रोड्रिगो र कप्तान सर्गियो रामोसले गोल गरे । एथ्लेटिकोका साउल निगुएज र थोमस पार्टीले पेनाल्टीमा गोल गर्न चुकेपछि उपाधि रियल मड्रिडले
जितेको हो ।
खेलको ११५ औं मिनेटमा रियलका फेडेरिक भेलभर्डले रातो कार्ड पाएका थिए र मैदान बाहिर जानुपरेको थियो। अन्तिम ५ मिनेट रियल १० खेलाडीमा सिमित बनेको थियो ।