neapl investment mega bank
  • गृहपृष्ठ
  • तपाई हाम्रो बहुउद्देश्यीय सहकारीको १२ औं साधारण सभा सम्पन्न, अध्यक्षमा पुनः मनोजकुमार थापा

तपाई हाम्रो बहुउद्देश्यीय सहकारीको १२ औं साधारण सभा सम्पन्न, अध्यक्षमा पुनः मनोजकुमार थापा

Jan 12th, 2020

काठमाडौं, पुुस २७

चन्द्रागिरि–१४ नैकापमा केन्द्रिय कार्यालय रहेको तपाई हाम्रो बहुउद्देश्यिय सहकारी संस्था लिमिटेडको १२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

साधारणसभामा समक्ष सञ्चालक समितिले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन, लेखा समितिको प्रतिवेदन लगायत विभिन्न प्रस्ताव पारित गरेको छ । सञ्चालक समितिले आर्थिक वर्ष २०७५र०७६ को नाफाबाट सदस्यलाई १५ प्रतिशत लाभांश बाढ्ने राखेको प्रस्ताव साधारणासभाले पारित गरेको छ । संस्थाले गत आर्थिक वर्षमा पनि १५ प्रतिशत लाभांश सदस्यलाई प्रदान गरेको थियो ।
आर्थिक वर्ष २०७५÷०७६ को अन्त्यसम्मा संस्थाको सदस्य ४ हजार ८ सय ११ रहेको छ । सोही अवधि सम्ममा संस्थाको चुक्ता पुँजी ५ करोड १४ हजार रहेको संस्थाका अध्यक्ष मनोजकुमार थापा मगरले साधारणा सभामा जानकारी गराए । त्यस्तै ४१ करोड ४१ लाख निक्षेप संकल गरी ४२ करोड ७१ लाख रूपैयाँ कर्जा प्रवाह गरेको अध्यक्ष थापा मगरले जानकारी दिए । संस्थाले आर्थिक वर्ष २०७५र०७६ मा ८६ लाख ३२ हजार रूपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ । यस अविधसम्म आईपुग्दा संस्थाको सम्पत्ति ५१ करोड ६७ लाख ८५ हजार पुगेको अध्यक्षले बताए ।

संस्थाले केन्द्रियक कार्यालयको साथै कलंकी सेवा केन्द्रबाट समेत सदस्यलाई वित्तिय सेवा प्रदान गर्दै आएको छ । यस सहकारीले चन्द्रागिरि नगरपालिका १३ पुरानो नैकापमा कृषि फार्म समेत संचालन गर्दै आएको छ । संस्थाले गत २०७६ असार २० गतेबाट लघुवित्त कार्यक्रम समेत सञ्चाल गर्दै आएको छ ।

साधारणसभामा राष्ट्रिय सहकारी महासंघका लेखा समिति संयोजक धर्मदत्त देवकोटा, प्रतिनिधि सभा सांसद देवेन्द्र पौडेल, राष्ट्रिय सहकारी बैंकका सञ्चालक पार्वती थापा लगायत अतिथिहरूको उपस्थिति रहेको थियो ।

अध्यक्षमा पुनः मनोजकुमार थापा

तपाई हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा पुनः मनोजकुमार थापा मगर निर्वाचित भएका छन् ।

शनिबार सम्पन्न संस्थाको १२ औं वार्षिक साधारणसभाले मनोजकुमार थापा मगरको नेतृत्वमा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो । नवनिर्वाचित सञ्चालक समितिको उपाध्यक्षमा गंगाराम दुलाल निर्वाचित भएका छन् । यस अघि पनि दुलाल उपाध्यक्ष थिए । त्यस्तै सचिवमा पुनः बुद्ध तण्डुकार निर्वाचित भएका छन् । कोषाध्यक्षमा मन्नु खनाल खत्री चयन भएका छन् । त्यस्तै सदस्यहरुमा रजत कुमार श्रेष्ठ, रोशनी तण्डुकार, प्रेमबहादुर महर्जन, माधवप्रसाद लम्साल र संजय चन्द्र श्रेष्ठ निर्वाचित भएका छन् ।

त्यस्तै लेखा समिति संयोजकमा रामप्रसाद श्रेष्ठ निर्वाचित भएका छन् भने सदस्यहरुमा प्रतिक न्यौपाने र कस्तुरी भुजेल चयन भएका छन् । नवनिर्वाचित सञ्चालक समिति र लेखा समितिलाई शनिबारनै शपथ ग्रहण गराईएको थियो ।