काठमाडौं, पुस २६
विभिन्न प्रकारका प्लाष्टिकका पाईपहरु उत्पादनमा अग्रणी रहेको र नेपालमै पहिलो पटक पञ्चकन्या गु्रपले क्लोरिनेटेड पोल्भीनी क्लोराईड (सीपीभीसी) को नया“ दुई ग्रेडको फ्लेम प्रो पाईप तथा फिटिङ्गस् र ट्रान्सपरेन्स फिटिङगस देशमा भित्र्याउन सफल भएको छ । उक्त ग्रेडका पाईपहरुको आधिकारिक अनावरण एक पत्रकार सम्मेलन मार्फत यही जनवरी १०, २०२० मा होटल ¥याडिसनमा गरियो ।
साथै फे्लम प्रो पाईपहरु आगो प्रतिरोधात्मक, जडान गर्न सजिलो, नन–कोरोसिब, केमिकल तथा यू.भि. रेसिष्टेण्ट जस्ता गुणहरुले युक्त भई वातावरण हिसावले अनुकूल, तुलनात्मक रुपले किफायती र सस्ता छन् । यो उत्पादनलाई फायर स्प्रिङकर को लागि अति उत्तम रुपमा लिन सकिने कम्पनीले जनाएको छ ।
त्यसैगरी ट्रान्सपरेन्ट फिटिङस तातो चिसो पानीको लागि अति उत्तम, पारदर्शी, जडान गर्न सजिलो हुनुका साथै जडान गर्न महगो सामग्री नचाहिने, सामान्य सीपीभीसी पाईप भन्दा बलियो र बढी चाप बहन गर्न सक्ने क्षमताका हुन्छन् । यो उत्पादनलाई प्लम्बिङ सिष्टममा नया“ बिकल्पको रुपमा लिन सकिने कम्पनीले जनाएको छ ।
दुवै उत्पादन विश्व प्रसिद्ध जापानिज सिकिसुुुई कम्पनीको कच्चा पदार्थ प्रयोग गरिने र आईएसओ ९००१ः२००१५ स्ट्याण्र्डडबाट बनाईने हु“दा कम्तिमा ५० वर्षसम्म टिकाउ हुन्छ । पछिल्लो समय सीपीभीसी पाईप तथा फिटिङ्गस्मा नेपाल गुणस्तर चिन्ह र भारतीय मानक ब्यूरो आईएसआई चिन्ह प्राप्त गर्ने एकमात्र पहिलो कम्पनी हुन सफल भएको छ । पञ्चकन्याले आफ्नो गुणस्तर प्रतिको प्रतिवद्धता तथा “सदैव विश्वासिलो” र “सधै एक कदम अगाडी” भन्ने आफ्नो मूल मन्त्रलाई व्यवहारमा उतार्ने प्रण कम्पनीले लिएको छ ।