neapl investment mega bank
  • गृहपृष्ठ
  • अन्तरराष्ट्रिय मञ्चमा समान धारणासहित प्रस्तुत हुने सहमति

अन्तरराष्ट्रिय मञ्चमा समान धारणासहित प्रस्तुत हुने सहमति

Jan 11th, 2020

कामठाडाँै, २६ पुस (रासस)

नेपाल र भूटानबीच जलवायु परिवर्तनका कारण ऊर्जा क्षेत्रमा देखापरेको र भविष्यमा पर्न सक्ने असरबारे अन्तरराष्ट्रिय मञ्चमा समान धारणासहित प्रस्तुत हुने सहमति भएको छ ।

अन्तरराष्ट्रिय नवीकरणीय ऊर्जा सङ्घको वार्षिक सम्मेलनमा सहभागी हुन संयुक्त अरब इमिरेट्स (युएई) पुग्नुभएका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र भूटानका अर्थमन्त्री लोकनाथ शर्माबीच आज भएको भेटमा उहाँहरुबीच समान समस्याको समाधान मिलेर गर्ने समझदारी भएको हो ।

सो अवसरमा मन्त्री पुनले नवीकरणीय ऊर्जा र जलविद्युत् क्षेत्रका चुनौती समाधानका लागि अन्तरराष्ट्रिय मञ्चमा एउटै आवाज र भावना प्रवाहित गर्न सके हिमाली देशले भोग्दै आएका जलवायु परिवर्तनका समस्याबारे विश्व समुदायको ध्यानाकृष्ट गराउन सकिने बताउनुभयो ।

हिउँ पग्लने र खोलामा बाढी आउने समस्याका कारण जलविद्युत् आयोजना र अन्य विकासका पूर्वाधारमा कतिबेला क्षति पुग्ने भन्ने त्रासमा बस्नुपर्ने अवस्था आएको उहाँको भनाइ थियो ।

भेटमा भूटानी अर्थमन्त्री शर्माले नेपाल र भुटान दुवैले जलविद्युत्मा धेरै लगानी गरिसकेको भन्दै उहाँले वातावरणीय दुष्प्रभावको असरबाट बच्न सहकार्य हुने प्रतिबद्धता जनाउनुभयो । उहाँले नेपाल र भुटानले ठूलो परिमाणमा विद्युत् उत्पादन गर्नसके भारत र बङ्गलादेशमा बजारको प्रचुर सम्भावना रहेको औँल्याउनुभयो ।मन्त्री शर्माले नेपालले ‘बायोग्यास’मा राम्रो अनुभव हासिल गरेको भन्दै प्रशंसा गर्नुभयो । बायोग्यासमा नेपालको सफलता सिक्न आफूहरु आतुर रहको उहाँको भनाइ थियो ।