neapl investment mega bank
  • गृहपृष्ठ
  • विभिन्न व्यक्तिहरुलाई ठगी गरेको अभियोगमा पाँच जना पक्राउ

विभिन्न व्यक्तिहरुलाई ठगी गरेको अभियोगमा पाँच जना पक्राउ

Jan 10th, 2020

काठमाडौं, पुस २५

विदेशबाट पार्सल पठाएको भन्दै बिभिन्न व्यक्तिहरुलाई ठगी गरेको अभियोगमा ५ जनालाई काठमाडौंका विभिन्न स्थानबाट बुधबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा राहदानी नम्बर ए ०९०३९०७२ बाहक नाजेरियाका ४० वर्षीय क्रिल चिन्सो ईबी राहदानी नम्बर १७ एपि ४१८७१ बाहक, आइबेरिकोष्टका २३ वर्षीय आस्पी अडिज प्रिजियन, काठमाडौं खुशीबु बस्ने चितवन गुञ्जनगर ६ घर भएका ४० वर्षीय राम चन्द्र गैह्रे, काठमाडौं महानगरपालिका २६ ठमेलका ४९ वर्षीय उमेश श्रेष्ठ र काठमाडौं बनस्थली बस्ने चितवन कालिकानगर नगरपालिका ७ घर भएका ३१ वर्षीय हरि ओझा रहेका छन् ।

विभिन्न सामाजिक सञ्जालमार्फत विदेशी नागरिकहरुको नाममा प्रोफाइल तयार गरी नेपालका विभिन्न व्यक्तिहरुलाई सामाजिक सञ्जालमा साथी बनाई विभिन्न वहुमूल्य सामान, बेलायती पाउण्ड तथा अमेरिकी डलर समेत भएको पार्सल पठाईदिन्छु भन्दै उक्त सामानको फोटो समेत पठाई झुठो प्रलोभनमा पारी पार्सल लिएर मेरो मान्छे नेपालमा आउँदैछ र सो सामानहरु लिनु भन्ने गरेको थिए । त्यसपछि नेपालमा भएको सम्पर्क ९८०३८०४८५८ नम्बरबाट विदेशी नागरिकले फोन गरी तपाईको सामान मैले लिएर आएको थिए र एयरपोर्टमा एक्सरे मिसिनबाट हेर्दा डलर समेत रहेछ त्यसैले सो छुटाउनको लागि नेपाली पैसा चाहिने भयो भनेर सम्पर्क गरी नेपालमा रहेको विभिन्न व्यक्तिहरुको खातामा रकम जम्मा गर्न लगाई ठगी गर्ने कार्यमा सक्रिय रहेको अनुसन्धानबाट खुल्न आएको छ ।
पक्राउ परेका सबैलाई ठगी मुद्दामा म्याद थप गरी यस सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजले जनाएको छ ।