neapl investment mega bank
  • गृहपृष्ठ
  • आफ्नै भाउजूलाई ढुङ्गा प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ

आफ्नै भाउजूलाई ढुङ्गा प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ

Jan 10th, 2020

मोरङ, २५ पुस

आफ्नै भाउजुलाई ढुङ्गा प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा बेलबारी नगरपालिका ७ केराटोल बस्ने ४० वर्षीय जगत बहादुर परियारलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

सामान्य घरायसी बिवाद हुँदा जगत बहादुरले आफ्नै ३५ वर्षीया भाउजुलाई ढुङ्गा प्रहार गरी गम्भीर घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बाहुनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घाइतेलाई उपचारको लागि न्यूरो अस्पताल बिराटनगरतर्फ पठाइएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।