neapl investment mega bank
  • गृहपृष्ठ
  • नेपाली सेनाद्वारा सिन्धुलीमा शङ्कास्पद वस्तु निष्क्रिय

नेपाली सेनाद्वारा सिन्धुलीमा शङ्कास्पद वस्तु निष्क्रिय

Jan 9th, 2020

सिन्धुली, २४ पुुस (रासस)

नेपाली सेनाको निष्क्रिय टोलीले मरिण गाउँपालिका–३ मथौलीमा फेला परेको शङ्कास्पद वस्तुलाई निष्क्रिय पारेको छ । सो गाउँपालिका –३ वडा कार्यालयमा बुुधबार फेला परेको शङ्कास्पद वस्तुलाई नेपाली सेनाको टोलीले आज निष्क्रिय पारेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रञ्जु सिग्देलले शङ्कास्पद वस्तुलाई डिस्पोज गर्ने क्रममा ठूलो आवाजका साथ पड्किएकाले ‘प्रेसर कुकर बम’ हुनसक्ने जानकारी दिनुभयो । उहाँले निष्क्रिय टोली सदरमुकाम आएपछि थप जानकारी आउने बताउनुभयो । सो वस्तु कसले राखेको हो भन्ने अझै पुष्टि हुनसकेको छैन । कार्यालयमा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।